असंगठित क्षेत्रका मजदूरलाई सामाजिक सुरक्षामा जोड्न बिमाको भूमिका महत्वपूर्ण «

असंगठित क्षेत्रका मजदूरलाई सामाजिक सुरक्षामा जोड्न बिमाको भूमिका महत्वपूर्ण

बिमा समितिको आयोजनामा गण्डकी प्रदेश सरकारसँग बिमा सम्बन्धी अन्तरक्रिया भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकसम्म बिमाको पहुँच पु¥याउन विशेष संयन्त्र निर्माण गरी अगाडि बढ्नुपर्ने बताए । उनले असंगठित क्षेत्रका मजदूरहरूलाई पनि सामाजिक सुरक्षा कार्यक्रमसँग जोड्नका लागि समेत बिमाको भूमिका महत्वपूर्ण हुने भएकाले बिमाको पहुँच विस्तारमा प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए ।
गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले प्रदेशमा कृषि तथा पशुपन्छी बिमा कार्यान्वयनमा समस्या देखिएको र बिमा दाबी भुक्तानी पनि समयमा हुन नसकेको बताए ।
बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा नागरिकको जोखिम हस्तान्तरण गर्ने प्रमुख वित्तीय औजार भएकाले आम नागरिकमा बिमाको पहुँच पु¥याउनका लागि सरकारी सेवासँग बिमालाई आवद्ध गरेर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष सिलवालले बिमालाई आत्मसात गरेर अगाडि बढ्दा नै सरकारले जनताको हित गर्ने आफ्नो लक्ष्य हासिल गर्न सक्ने उल्लेख गरे । आर्थिकरूपले सबल व्यक्तिलाई बिमाका लागि प्रोत्साहित गर्न र सीमान्तकृत एवम् गरीब बर्गलाई बिमाको पहँुचमा ल्याउन अनुदानको व्यवस्था गर्न उनले प्रदेश सरकारसँग आग्रह गरे ।
अध्यक्ष सिलवालले देशको संघीय संरचना अनुरूप बिमा समितिले विभिन्न तीनवटा प्रदेशमा प्रदेश कार्यालय स्थापना गरिसकेको र आगामी आर्थिक वर्ष २०७९/०८० मागण्डकी प्रदेशमा पनि समितिको प्रदेश कार्यालय स्थापना गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्