काठमाडौं महानगरपालिकाको निर्णय : कुहिने नर नकुहिने फोहोर नछुट्याए कारबाही «

काठमाडौं महानगरपालिकाको निर्णय : कुहिने नर नकुहिने फोहोर नछुट्याए कारबाही

काठमाडौं महानगरपालिकाले अब कुहिने र नकुहिने फोहोर नछुट्याए उपत्यकाबासीलाई १ साउनदेखि पाँच सय रुपैयाँ जरिवाना गर्ने भएको छ ।
कुहिने फोहोरलाई मलको रूपमा प्रयोग गर्न सकिने तथा नकुहिने फोहोरलाई भने रिसाइकल गर्दा फोहोर व्यवस्थापनलाई सहज हुने भन्दै महानगरपालिकाले सर्वसाधारणलाई सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउन निर्देशन दिएको हो ।
काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडाबासीसँग २३ जेठमा गरेको सहमतिमा १ साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याउने प्रतिबद्धता गरेसँगै सर्वसाधारणलाई महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याई राखेमा १ साउनदेखि कारबाही गर्ने भएको छ । महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै स्रोतमा नै कुहिने र नकुहिने फोहोर नछुट्याई राखे त्यस्ता फोहोर संकलन नगर्ने र त्यसरी राख्नेलाई पाँच सय रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको हो ।
महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कारबाही गरिने सूचनामा उल्लेख छ । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडाबासीसँग गत जेठ २३ गते गरेको सहमतिमा १ साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याउने प्रतिबद्धता गरेको थियो ।

सहज र वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्नका लागि महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने निर्णय गरेको काठमाडौं महानगरपालिकाको भनाइ छ । घरवालाले नै फोहोर संकलन गर्ने सवारी साधनसम्म कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै ल्याउनुपर्ने महानगरपालिकाको सूचनामा उल्लेख छ । नगरपालिकाले बिहीबार सूचना जारी गर्दै स्रोतमा नै कुहिने र नकुहिने फोहोर नछुट्याई राखे त्यस्ता फोहोर संकलन नगर्ने र त्यसरी राख्नेलाई पाँच सय रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको छ ।
काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडाबासीसँग २३ जेठमा गरेको सहमतिमा १ साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याउने प्रतिबद्धता गरेको थियो । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधानका लागि बाटो खोजिने महानगरपालिकाको भनाइ छ । सिसडोल र बञ्चरेडाडाँका स्थानीयसँगको पटक पटकको विवादका कारण फोहोर व्यवस्थापनमा समस्या देखिएपछि अब महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै फोहोर फाल्न पाउने बताएको छ ।
“हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तीमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पूरा गर्न अनुरोध गर्दछु,” काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सर्वसाधारणलाई आग्रह गरेका छन्,
लामो समयसम्म फोहोर नउठ्दा सडक तथा सार्वजजिकस्थलमा रहेको फोहोरले वातावरणीय प्रदूषण बढाउनुका साथै सर्वसाधारणको मानवीय स्वास्थ्यमा नकारात्मक असर पुग्नसक्ने विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्