अन्तर्राष्ट्रिय गुणस्तरको छवि बनाउँदै सीजी ब्राण्ड

काठमाडौं, ५ असार (कास): चौधरी ग्रुप अन्तर्गत इलेक्ट्रोनिक्स जगतमा सीजी ब्राण्ड एउटा छुट्टै पहिचानका साथ स्थापना गरिएको छ ।
सीजी ब्राण्ड विषेशगरी सम्पूर्ण नेपालीहरुलाई मध्यनजर गरि प्रिमियम प्रोडक्ट उचित बजेटमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको सीजी ग्रुपले जनाएको छ । सफलतापुर्वक सीजीले आफ्ना सामाहरु बजारमा बिक्रीवितरण गर्न सुरु गरेपछि सीजीले आफ्ना सामानहरुमा अझै बढि रेन्जहरु थप्दै गएको जजनाएको छ । जसमा होम इन्टरटेन्मेन्ट, होम अप्लाइन्सेस, एसी, साना घरायसी सामानहरु, सीएफएल बल्भ, एलईडी टिभी, एलईडी लाइट्स, अडियो सिस्टम, सोलार, चिम्नी जस्ता सामानहरु रहेका छन् ।
छोटो समयमा नै सीजीले धेरैभन्दा धेरै सामानहरु आफ्नो ब्राण्डमा ल्याई फलस्वरुप नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बन्न सफल भएको छ ।

नेपालको एक मात्रै आईएसओ ९००१ः२०१५ बाट प्रमाणित सीजी ब्राण्ड, गुणस्तरीय सामान उचित बजेटमा उपलब्ध गराई प्रत्येक नेपालीको चहानालाई परिपूर्ति गर्ने सीजी ब्राण्डको प्रमुख दृष्टिकोण रहेको छ । नेपाली बजारमा लिडिङ ब्राण्ड र गौरवान्तित नेपाली ब्राण्ड बन्ने उद्देश्यका साथ सीजी अगाडि बढिरहेको छ । प्रत्येक नेपालीको घर घरमा सीजी ब्राण्ड पु¥याउने यसको प्रमुख उद्देश्य रहेको चौधरी ग्रुपले जनाएको छ ।
नेपालभरि ५०० भन्दा बढी डिलरहरु सक्रियताका साथ सीजीसँग अबद्ध छन् । करिब २०० भन्दा बढी सर्भिस सेन्टरहरु रहेको हुनाले ग्राहकहरुलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्दै आइरहेको ग्रुपले जनाएको छ । सीजीका सामानहरु उचित मूल्यमा गुणस्तरयुक्त भएकै कारण आज सफल भएको दाबी गरिएको छ
सीजी ब्राण्डलाई अझै माथि लैजाने उद्देश्यले हालै सीजीले सीजी ब्राण्डमा सिग्नेचर सिरिज ‘सीजी मेरिडिया’ ल्याएको छ । यो सिरिजमा टिभी, वासिङ मेसिन, एसी, रेफ्रिजेरेटर, भ्याकुम, राईसकुकर, इन्डक्सन, ग्यास स्टभ, पंखा, एयर प्रायर जस्ता प्रिमियम प्रोडक्टहरु आइसकेका छन् भने अरु पनि प्रोडक्टहरु ल्याउने क्रम जारी नै रहेको छ ।