निसानको किक्स र ड्याट्सनको गो घोराहीमा «

निसानको किक्स र ड्याट्सनको गो घोराहीमा

निसान ड्याट्सन मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक विक्रेता एन एल मोटो कार शोरुमको घोराहीमा उद्घाटन गरिएको छ । शोरुमको उद्घाटन दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले गरेका हुन् ।
सो अवसरमा निसानको उत्कृष्ट गाडी किक्स र ड्याट्सनको गो गाडीसमेत सार्वजनिक गरिएको थियो । किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा सहित आरामदायी सेवा दिने कम्पनीका सिनियर म्यानेजर प्रशान्त उपाध्यायले जानकारी दिए । उनका अनुसार यस गाडीको भित्री भाग फराकिलो र बाहिरी भाग आकर्षण रहेकाले पनि ग्राहकलाई आकर्षण गर्ने छ । किक्स गाडी अति राम्रा विशेषता सहित सुरक्षाको हिसाबले अब्बल रहेको उपाध्यायको भनाइ छ । किक्स गाडीमा ८ इन्चको टचस्किन रहेको छ, जसलाई एन्ड्रोइड तथा एप्पल प्रणलीबाट सञ्चालन गर्न सकिने छ । त्यसै गरेर एलइडी प्रोजेक्टर हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्टोल, कुल र इलुमिनेड ग्लोभ वक्स, क्रुज कन्टोल, भ्वाइस रिकगिनसन, गाडी स्टार्टको लागि साँचो नचाहिने स्मार्ट कार्डबाट सञ्चालन गर्न सकिने छ । चालकको लागि हाइट मिलाउन मिल्ने दुईवटा एयर व्याग र इबीडी र बीएसहितको एबीएस समावेश गरिएको उपाध्यायले बताए ।
किक्स गाडीको ४७ लाख ९९ हजारदेखि ५९ लाख ९९ हजार मूल्य रहेको छ । त्यसै गरेर ड्याट्सनको गो गाडीमा आरामदायी, सुरक्षित, तथा स्टाइलिस ड्राइभिङको अनुभव जीवन्तता प्राप्त गर्न सकिने प्रोप्राइटर सुर्दशन गिरीले जानकारी दिए । कारले नयाँ युगको लागि जापानीज प्रविधि युक्त इन्जीन, इन्धनको किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षको सर्वोत्तम प्याकेज प्रदान गरेको गिरीको भनाइ रहेको छ । यसका ३ वटा मोडेलहरु गो, गो ए ओ, गो टी नेपाली बजारमा उपलब्ध रहेका छन् । यसको मूल्य २४ लाख ९९ हजारबाट सुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्