Logo

व्यापार सहजीकरण सम्झौताबारे प्रशिक्षण कार्यक्रम

विराटनगर-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ को साझेदारीमा विश्व व्यापार संगठन व्यापार सहजीकरण सम्झौताबारे प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ ।
सन् २०१७ फ्रेबुअरीमा लागू भएको डब्लुटिओको व्यापार सहजीकरण सम्झौतामा प्रशासनिक बाधाहरू हटाउँदै व्यापारमा अझ धेरै दक्षता ल्याउने वाचा गरिएको छ । सिमानामा अनावश्यक अनुमगन, धेरै कागजाती र डेटा प्रक्रिया, म्यानुअल प्रक्रिया, सीमा निकायहरूबीच समन्वयको अभाव, जटिल र अप्रभावकारी नियम र प्रक्रियाजस्ता समस्याहरूले व्यापारमा सामानको ढुवानीमा ढिलाइ हुनुको साथै व्यपार खर्च पनि बढाउने भएकाले त्यसलाई हटाउन पहिल सम्झौतामा गरिएको छ ।
व्यापार व्यवसायहरूको लागि, व्यापार सहजीकरण सम्झौताको कार्यान्वयनबाट व्यापार अन्तर्राष्ट्रियकरण गर्ने बाटो खुल्ने बताइएको छ । सम्झौताबाट नयाँ प्रक्रिया र आवश्यकताहरूले कसरी आफ्नो व्यापारको प्राथमिकतालाई पुरक बनाउँछ भने राम्रो ज्ञान प्राप्त भई मझौला उद्योगहरूले विशेष लाभ उठाउन सक्ने बताइएको छ ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले यस्ता प्रशिक्षणले व्यापार व्यवसायमा रहेका समस्याहरूको पहिचान र तिनीहरूको समाधानमा सहयोग पुग्ने बताए । प्रदेश–१ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतले विराटनगर प्रदेशकै मुख्य औद्योगिक र व्यापारिक सहर भएकाले प्रशिक्षण कार्यक्रमले उद्योगी व्यवसायीहरू लाभान्वित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्