Logo

फोर्ड फिगोको नयाँ संकरण बनेपामा

काभ्रे – बनेपामा रहेको अरनिको मोटर्स प्रालिले नयाँ वर्षको अफरसहित फोर्र्ड फिगोको नयाँ संस्करणको बिक्री सुरु गरेको छ । आधुनिक जीवनस्तरलाई ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगोको मौलिक स्टाइल, शक्तिशाली इन्जिन, मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जित गरी २०१९ संस्करणको फोर्ड फिगो बजारमा ल्याएको हो ।
फोर्ड फिगो लोकप्रिय तथा विश्वासिलो अब अझ परिमार्जित तथा ताजा अवसरमा २०१९ संस्करणको फोर्ड फिगो नेपाली बजारमा २४ लाख लाख ९९ हजार रुपैयाँदेखि उपलब्ध भएको कम्पनीले जनाएको छ । १२ सय भन्दा बढी ठूला परिवर्तन तथा परिमार्जनका साथ आकर्षक बाहिरी र आरामदायी भित्री बनावट, सुरक्षा सम्बन्धी उत्कृष्ट प्रविधि, शक्तिशाली इन्जिन भएको फोर्ड फिगो २ इन्जिन प्रकार र ४ मोडल तथा ७ रङ्गहरुमा उपलब्ध भएको अरनिको मोटर्स प्रालिका सेबक बुढाथोकीले बताए ।
बनेपामा रहेको अरनिको मोटर्स प्रालिले बजारमा ल्याएको फोर्ड फिगोको एक कार्यक्रमका बीच काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रताप वैद्यले शुभारम्भ गरे । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष वैद्यले गाडी बेच्ने मात्र होइन, सर्वसाधारणलाई कसरी गाडी चढ्न सक्ने बनाउने भन्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्