पोखराको चाउथेमा गार्डेन मार्टको शाखा

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले पोखरा महानगरपालिका १४ स्थित चाउथेमा गार्डेन मार्टको १७औं शाखा सञ्चालनमा ल्याएको छ ।
उपभोक्तालाई एउटै छानामुनी दैनिक उपभोग्य वस्तुदेखि अन्य विभिन्न सामान किनमेलको अनुभव दिलाउने उद्देश्यले यो मार्ट सञ्चालनमा ल्याइएको हो ।
उद्योग बाणिज्य संघ पोखराका प्रथम उपाध्यक्ष पवन प्रजापतिले सो शाखाको उद्घाटन गरेका हुने । मार्ट सञ्चालनले स्थानीयलाई किनमेलको नयाँ अनुभव दिने बताउँदै उपाध्यक्ष प्रजापतिले यसले स्थानीयस्तरमा रोजगारीको समेत सिर्जना गर्ने बताए ।
मार्टमा चामल, चिनी, दाललगायत दैनिक उपभोग्य वस्तु, सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौना उपलब्ध छन् । यसका अतिरिक्त महिलाका लागि श्रृंगारका सामग्री, घरायसी प्रयोगका सामग्री पनि उपलब्ध हुने बताइएको छ ।
अध्यक्ष बानियाँका अनुसार बचत संकलन र ऋण प्रवाहका अतिरिक्त सहकारीले प्रत्यक्ष नाफामुलक व्यवसायमा समेत लाग्नु पर्छ भन्ने हिसावले मार्ट सञ्चालनमा ल्याइएको हो ।
सो सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको कीर्तिपुर, लाहान, नारायणघाट, हेटौडा, बुटबलको जोगिकुटी, नेपालगञ्जको न्यूरोड, वीरेन्द्रनगर, धनगाढी, डडेलधुरा, घोराही, बाँकेको चाँदनी चोकमा गार्डेन मार्टको शाखा सञ्चालनमा ल्याएको छ ।