Logo

केयूकेएल छलाङ मारेर अघि बढ्नु पर्छ : खानेपानी मन्त्री

खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) हिजोको जस्तो नभई तीब्र गतिले अघि बढ्नुपर्ने बताइन् ।
केयूकेएलको सातौ वार्षिक साधारणसभा समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले केयूकेएलले अब छलाङ मार्नुपर्ने बताएकि हुन् । उनले केयूकेएल प्रति जनता को धेरै आशा रहेको पनि बताइन् । मन्त्री मगरले भनिन्, ” जनताको स्वच्छ खानेपानीको अधिकारलाई केयूकेएलले पुरा गर्नु पर्छ । हिजोको जस्तो अवस्थाबाट यो चल्नु हुँदैन । पुरै छलाङ मार्नु पर्ने अवस्था आएको छ ।”
केयूकेएलमा स्थानीय नगरपालिका, निजी क्षेत्र र सरकारको लगानी भएकाले खानेपानीमा पनि सुरक्षित लगानी छ भन्ने सन्देश केयूकेएलले दिनु पर्ने मन्त्री मगरको भनाइ छ ।
केयूकेएल स्थापना भएको ११ वर्ष पछि खानेपानी मन्त्री मगरले सबै शेयर धनीहरुलाई प्रमाणपत्र वितरण गरिन् । साधारणसभाले केयूकेएलको जारी पूंजी १ अर्ब ५५ करोड पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्