साताभरमा सामान्य बढ्यो सेयर बजार «

साताभरमा सामान्य बढ्यो सेयर बजार

अघिल्लो साताको अन्तिम दिन विहिवार केहि सुधारिँदो सेयर परिसूचकांक नेप्से १ अंकले उकालो लागेको छ । यसलाई वाणिज्य बैंक र उत्पादनमूलक साथ दिएको छ । बाँकी विकास बैंक, वित्त लघुवित्त समूहले लगायत सूचीकृत कुनै पनि समूह बढेका छैनन् । यसले आगामी दिनमा सेयर बजारमा बिक्रीकर्ताको नै चाप परी अझै ओरालो लाग्न सक्ने देखिन्छ । कुनै पनि परिसूचक उकालो नलाग्नुको अर्थ आगामी साता पनि सेयर बजार ओरालो लाग्नु नै हो । यसबाहेक कुल कारोवार रकमले समेत साथ दिएको छैन । त्यस बाहेक बैकिङ ब्याजदर, राजनीतिक परिवर्तन जस्ता कुराले पनि सेयर वजारमा असर पर्न सक्छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १७७ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १९१३३ कारोबारबाट एक अर्ब ७३ करोड ९० लाख १४ हजार रुपैयाँ बराबरका ५० लाख ५९ हजार नौ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५८.७४ प्रतिशत बढी हो । गत साता १७० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १२७२८ कारोबारबाट एक अर्ब नौ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरका २४ लाख ६१ हजार छ सय कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.८६ अंकले बढेर अन्तिम दिन १४०४.५३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.३१ अंकले बढेर २९६.४१ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (१६ करोड सात लाख ६० हजार रुपैयाँ) को आधारमा सानिमा माई हाईड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (छ लाख १५ हजार कित्ता) को आधारमा ग्लोबल आइएमइ बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (७७६ वटा) को आधारमा फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रतिक्रिया दिनुहोस्