Logo

समृद्धि फाइनान्स र एटु जेट अनलाइन बजारबीच सम्झौता

समृद्धि फाइनान्स र एटु जेट अनलाइन बजारबीच सम्झौता भएको छ ।
सम्झौतासँगै फाइनान्सका ग्राहकले एटु जेट अनलाइन बजारबाट सामग्री खरिद गर्दा अधिकतम २० हजार सम्म वा १२.५ प्रतिशतसम्म छुट पाउने छन् । उक्त सुविधा मोबाइल बैंकिङ डेबिट कार्ड कनेक्ट आईपीएसलगायत प्रयोग गरी उक्त छुट प्रदान गरिने संस्थाका व्यवसाय प्रवद्र्धन विकास अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए ।
फाइनान्सले मुद्दती निक्षेपमा १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रतिशतसहित आर्कषक व्याजदरलगायत विभिन्न बचत खाता पनि सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्