Logo

फोर्ड फिगो भैरहवामा

रुपन्देही-विश्वविख्यात कार कम्पनी फोर्डको भैरहवा क्षेत्रको अधिकृत विक्रेता अवन्ति अटोमोबाइल्सले २०१९ को नयाँ संस्करणको कार फोर्ड फिगोको यस क्षेत्रमा बिक्री शुभारम्भ गरेको छ । अवन्तिले एक कार्यक्रमकाबीच बुधबार फिगो कारको बिक्री शुभारम्भ तथा प्रवद्र्धन कार्य एक साथ सुरु गरेको प्रबन्ध निर्देशक पावन अग्रवालले बताए ।
रुपन्देही प्रदेश नम्बर ३ खका प्रदेश सभासद सन्तोष पाण्डे, समाजसेवी नारायण अग्रवाल, उद्योगी रमेश मौर्य र अवन्तिका अटोमोबाइल्सका प्रबन्ध निर्देशक पावन अग्रवालले कार छोपिएको सिल्क अनावरण गरेका थिए ।
फोर्डले नयाँ संस्करणको फिगोलाई सबैले मनपराउने गरी सार्वजनिक गरेसँगै नेपाली अटो बजारमा पनि यसको चर्चा सुरु भएको हो । शक्तिशाली इन्जिन र ३ सिलिन्डरयुक्त, पेट्रोल इन्जिन जडान भएको यो कारको इन्धन खपत २५.५ किलोमिटर रहेको र अहिले बजार मूल्य २४ लाख ९९ हजार रहेको फोर्डका नेपाल बजार प्रबन्धक विजय थापाले बताए ।
फोर्ड फिगोमा स्पिड ट्रान्समिसनमा उपलब्ध हुने र पहिलेको भन्दा १५ प्रतिशत हलुका हुनुले इन्धन बढी बचत हुने जनाइएको छ । फिगोका सबै मोडलहरूमा दुई एयर ब्याग रहेको र सुरक्षालाई अझ सशक्त बनाउन एन्टी लक ब्रेकिङ सिष्टम इलोक्ट्रोनिक स्टेबलिङ प्रोगामले गर्दा कार चलाउन निकै सजिलो हुने जनाइएको छ ।
नयाँ फिगो सेतो, सिल्भर, नीलो, कालो, खैरो, सुनौलो सेतो, रातो गरी सात रंगमा उपलब्ध छन् । फिगो फोर्डमा अन्य धेरै स्मार्ट फिचर्सहरू (आधुनिक सुविधा) रहेको र अटो बजारमा सकारात्मक परिवर्तन ल्याउने कम्पनीले जनाएको छ । अवन्ती अटोमोबाइल्स विगत १ वर्षदेखि भैरहवा क्षेत्रमा क्रियाशील रहेको र बजार हिस्सा बढाउँदै लगेको जनाएको छ ।
पछिल्लो समय नयाँ अटो कम्पनी भैरहवा क्षेत्रमा खुल्दा कार पारखीहरूका लागि छनौटको उत्कृष्ट अवसर मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्