Logo

समृद्धि फाइनान्समा खाता खोल्दा मोवाइल सिम सित्तैमा

समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ ।
सिमसँगै ५० रुपैयाँको व्यालेन्ससहित आकर्षक स्किम ल्याएको कम्पनीले जनाएको छ । फाइनान्समा नयाँ खाता खोल्ने सबै ग्राहकले सिम र ५० रुपैयाँ व्यालेन्स सित्तैमा पाउनेछन् । नयाँ ग्राहकलाई आर्कषित गर्न यो योजना ल्याइएको फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरजकुमार सर्राफले बताए ।
फाइनान्सले मुद्घति निक्षेपमा १२.२५ प्रतिशत र बचत निक्षेपमा अधित्तम ११ प्रतिशत तथा आर्कषक व्याजदरसहितका विभिन्न बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ । फाइनान्सले हाल पाँचओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्