चौधरी फाउण्डेसनद्वारा निर्मित एकीकृत बस्ती हस्तान्तरण

चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ गिरानचौरमा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीको उद्घाटन गरेका छन् ।
गिरानचौरमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभाका सदस्यसमेत रहेका फाउण्डेसका अध्यक्ष चौधरीले एकीकृत बस्तीमा निर्माण भएका ६२ वटा घर स्थानीय नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिमा आबद्ध परिवारलाई हस्तान्तरण गरेका हुन् । एकीकृत बस्ती तथा संस्कृति संरक्षण समिति मातहातका परिवारले श्रमदान र स्थानीयस्तरमा उपलब्ध निर्माण सामग्रीको संकलनमा सहयोग गरेका थिए ।
अध्यक्ष चौधरीले फाउण्डेसनले एकीकृत बस्तीको अवधारणा कार्यान्वयनमा ल्याएकोमा खुशी व्यक्त गरे । उनले भूकम्प पीडितलाई सुन्दर बस्ती उपहार दिन पाउँदा सन्तोष लागेको बताउँदै भविष्यमा पनि यस कार्यक्रमलाई सिमान्तकृत वर्गमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।