एनआरएनए अध्यक्षमा आचार्य, थापा र केसी «

एनआरएनए अध्यक्षमा आचार्य, थापा र केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनले तीन जना अध्यक्षको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार ललितपुरमा सम्पन्न महाधिवेशनले अध्यक्ष पदमा कुल आचार्य, डा. रविना थापा र बद्री केसीलाई सर्वसम्मत चयन गरेको हो । निर्वाचित अध्यक्षले क्रमशः ६-६ महिना संस्थाको नेतृत्व गर्ने जनाइएको छ ।
यसैगरी संघका उपाध्यक्षहरुमा डा. हेमराज शर्मा, महेश श्रेष्ठ, भूषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा अचार्य, आरके शर्मा नारायण आचार्यलगायत ११ जना चयन भएका छन् । महिला उपाध्यक्षमा विश्वमाया परियार र यसमिन वेगम निर्वाचित भएका छन् । यस्तै महासचिवमा गौरीराज जोशी र डा. केशव पौडेल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्