Logo

आईएमई र मिदासको निःशुल्क इलर्निङको व्यवस्था

आईएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई र मिदास एजुकेसन प्रालिले सेवामा सहकार्य गरेका छन् ।
दुई कम्पनीको सहकार्यमा इलर्निङ प्रवद्र्धन अभियान सुरु गरेको हो । सो अभियान मंगलबारदेखि सुरु भएर आगामी ३१ वैशाखसम्म ५४ दिनका लागि लागू गरिएको कम्पनीहरुले बताएका छन् ।
यस अभियानमा नेपालमा सफलतापूर्वक विदेशबाट आइएमईमार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिंकसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ ।
लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त लिंक क्लिक गरी मिदास इक्लास सरलीकरण शिक्षा एप इन्स्टल गर्न सक्नेछन् । एप डाउनलोड गरिसकेपछि प्रापकले निःशुल्क इलर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले मात्र निःशुल्क पढ्न पाउनेछन् ।
सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक÷शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन् ।
तर इक्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ । अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ ।
मिदास इक्लासमा बालबालिका सिक्न थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुदै जान्छ भन्ने विश्वासका साथ सोही अभियान सुरु गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्