वालिङका कृषकलाई कृषि सामग्री

स्याङ्जाको वालिङ नगरपालिकाका कृषक तथा उद्यमीलाई कृषि सामग्री वितरण गरिएको छ ।
कृषकको माग र आवश्यकताका आधारमा कृषिऔजार वितरण गरिएको नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा स्थानीय दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भएको ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत कृषकलाई कृषिऔजार वितरण गरिएको हो ।
कृषिऔजार वितरण गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले वास्तविक कृषकलाई सहयोग गरी उत्पादन बढाउने नगरपालिकाको नीति रहेको जानकारी दिए । उनले कृषक तथा उद्यमीलाई प्रोत्साहन गर्दै आवश्यक सहयोगसमेत पु¥याउने बताए ।
उद्यमशीलताको विकास बिना आर्थिक प्रगती नहुने भन्दै वालिङ नगरपालिकाले उत्पादन बढाउने अभियानमा युएनडीपीको सहकार्य फलदायी रहने विश्वास रहेको बताएको छ ।
कृषक तथा उद्यमीका माग र सहकारी तथा समूहहरुको आवश्यकताका आधारमा सामग्री वितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताइन् । सामग्रीको सही प्रयोग गरी उत्पादन बढाउन उनले कृषकसँग आग्रह गरिन् ।