Logo

आयल निगमको प्रमुखमा थानी नियुक्त

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा इन्जिनियर उमेशप्रसाद थानी नियुक्त भएका छन ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । स्वाथ्य मन्त्री विरोध खतिवडाले निगमको प्रमुखमा थानीलाई नियुक्त गरेको जानकारी दिए ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस समितिले कार्यकारी प्रमुखका लागि ३ जनाको नाम सिफारिस गरेको थियो । थानी नेपाल विद्युत प्राधिकरणका पूर्वसञ्चालक हुन् । उनले केही वर्ष एभरेष्ट इन्जिनियरिङ क्याम्पसको प्रिन्सिपलको जिम्मेवारी समेत सम्हालेका थिए । उनले इन्जिनियरिङ संस्था सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्षको जिम्मेवारीमा छन् । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट जलस्रोतमा स्नातकोत्तर उनले समाजशास्त्रमा समेत स्नातकोत्तर उपाधी हासिल गरेका छन् । यस्तै, एलएलबी गरेर कानुन व्यवसायीको अनुमतिपत्र समेत लिएका थानी सार्वजनिक संस्थानको नेतृत्व हाँक्ने सक्षम व्यक्तिको रूपमा पनि चिनिन्छन् ।
निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको कार्यकाल पूरा भएपछि सरकारले नयाँ कार्यकारी निर्देशक नियुक्तिका लागि २५ पुसमा खुला प्रतिस्पर्धाको सूचना निकालेको थियो । त्यसमा १७ जनाको आवेदन परेकोमा एक जनाको मापदण्ड अर्थात् योग्यता कमजोर भएकोले रद्द भएको थियो । निगमको प्रमुखको कार्यलय ३ वर्षको हुने छ ।
सिफारिस समितिले कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र अवकाश प्राप्त सरकारका सहसचिव जीवनप्रकाश सिटौला सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्