Logo

महासंघका अध्यक्ष माणिक रत्न शाक्य चेम्बरको कार्यसमितिमा मनोनीत

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य निजी क्षेत्रको प्रतिनिधमिूलक संस्थाको रूपमा रहेको नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा मनोनीत भएका छन् । चेम्बरको ८ औं बैठकले शाक्यलाई चेम्वरको वस्तुगत संघको तर्फबाट सदस्यमा मनोनीत गरेको हो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरको विधानअनुरूप शाक्यलाई सदस्यमा मनोनीत गरेको बताए ।
चेम्बरले कार्यसमितिका मनोनीति गरेकोमा अध्यक्ष शाक्यले खुसी व्यक्त गरे । उनले आफ्नो तर्फबाट चेम्वरको उद्देश्य पूर्तिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
चेम्बर मुलुकको सबैभन्दा पुरानो निजी क्षेत्रको प्रतिनिधमिूलक संस्था हो ।

प्रतिक्रिया दिनुहोस्