Logo

भन्सारमा सहजीकरण गर्न नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार विभागमा महानिर्देशकलाई भेटेर भन्सारमा सहजीकरणका लागि आवश्यक वातावरण बनाइदिन अनुरोध गरेको छ ।
नाडा अध्यक्ष ध्रुव थापाको नेतृत्वको टोलीले भन्सार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईसँगको भेटमा भन्सारमा रहेका सास्याको सम्बोधन गरी आवश्यक बतावरण बनाइदिन अनुरोध गरेको हो । उक्त भेटघाट क्रममा प्रतिनिधि मण्डलले भन्सार सम्बन्धी नीतिगत सुझावहरु समेत पेश गर्दे विभिन्न समसामयिक विषयमा नाडाले छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्