बीउ तयार पार्दै अनुसन्धान केन्द्र

धनकुटा- मकै रोप्ने सिजन सुरु हुँदै गएपछि धनकुटाको पाख्रीबासको कृषि अनुसन्धान केन्द्रले विभिन्न जातका बीउ तयार पारेको छ ।
कृषि अनुसन्धान परिषद् नार्कले सिफारिस गरेका मनकामना एक, तीन र चार तथा गणेश एक, अरुण एक र शीतला जातको सेतो र पँहेलो मकैको प्रजजन् र मूलबीउ तयार पार्न थालेको छ ।
केन्द्रले उच्च, मध्य र तल्लो पहाडमा व्यावसायिक खेतीका लागि उपयुक्त मकैका पाँच जातको प्रजनन् र मुुलबीउ उत्पादन गरेको हो । उत्पादित बीउ २३ सय मिटर उचाइको उच्च पहाडमा पनि व्यावसायिक रुपमा खेती गर्न सकिने केन्द्रले जनाएको छ । अहिले पनि धरै किसानले खानका लागि राखेको मकै लाई नै बीउको रुपमा प्रयोग गर्ने गरेका छन् ।
यसो गर्दा उत्पादन र उत्पादकत्व घट्ने प्राविधिकहरु बताउँछन् । केन्द्रले यो वर्ष मकैको १८ टन स्रोत बीउ बिक्री गर्न लागेको जनाएको छ ।