बिजुली खर्च घटाउने विद्युतीय कार «

बिजुली खर्च घटाउने विद्युतीय कार

जापानी कार कम्पनी निसानले बेलायतको घरधुरीहरूले आफ्नो घरको बिजुली खर्च घटाउन सक्ने भनेको छ ।
कम्पनीले गरेको दाबीअनुसार बेलायती घरधुरीले आफ्नो घरको सानो पावर स्टेसनमा यसलाई जोडेमा ६६ प्रतिशत बिजुली खर्च घटनेछ ।
घमाइला दिनहरूमा सौर्य पाताको माध्यमले संकलन गरिएका अतिरिक्त ऊर्जालाई फ्रिज आकारको घरेलु ब्याट्रीमा भण्डारण गरी ऊर्जाको खपत उच्च भएका बेला राष्ट्रिय प्रसारणमा बेच्न सकिनेछ । देशमा ऊर्जाको माग उच्च भएका बेला बेलायतका घरधुरीले यसो गर्न सक्नेछन् ।
हरित घरधुरीका लागि उनीहरूको विद्युतीय कारलाई चार्ज गर्न सस्तो हुने यस प्रकारको प्रणाली बनाउने निर्माताले जनाएको हो ।
यस्तो प्रणालीको विकास गर्नेहरूमा जापानी कम्पनी निसान अग्रणी रहिआएको छ । निसानले विकास गरेको प्रणालीले कुनै विद्युतीय कारको ब्याट्रीमा भण्डारण गरिएको ऊर्जाको उपयोग गर्छ । यसरी भण्डारण गरिएका ऊर्जा घरमा प्रयोग हुने घरेलु वस्तुबाट आवश्यक परेका बेला ऊर्जालाई राष्ट्रिय प्रसारणलाइनमा जोड्न सकिनेछ । गाडी नगुडाउने अवस्थामा यसरी भण्डारण गरिएका ऊर्जा बिक्री गर्न सकिनेछ । अफ्रिकाका गाउँहरूमा रिकन्डिसन इलेक्ट्रिक कारका ब्याट्रीहरूको प्रयोग ऊर्जा भण्डारणका लागि प्रयोग गरिँदै आएको पनि छ । निसान इनर्जी सोलारको नयाँ सञ्चालन कार्यक्रमका बेला निसानले यस्तो बताएको हो । बेलायतका बासिन्दाका लागि घर–घरमा नवीकरणीय ऊर्जाको प्रयोग हुन सक्ने गरी यसको निर्माण गरिएको बताउँदै निसानले भन्यो, “यस प्रणालीबाट बेलायतीहरूले घरमा प्रयोग हुने बिजुली खर्चको भुक्तानी ६६ प्रतिशतले कम गर्न सक्नेछन् ।”
कम्पनीले भन्यो, “यो प्रणाली बेलायती घरमालिकहरूका लागि उनीहरूले आफ्ना घरको बिजुली खर्च घटाउन र राष्ट्रिय प्रसारणप्रतिको निर्भरता घटाई भरपर्दो बिजुलीको जीवन बाँच्न पाउने गरी बनाइएको छ ।”
यो प्रणालीमा घरमा ऊर्जा व्यवस्थापन प्रणाली समावेश गरिएको हुन्छ, जसले यसका मालिकलाई ऊर्जा खपत गर्नका लागि यसको उपयोग कसरी र कहिले गर्ने विषयमा नियन्त्रण राख्न सहयोग पु¥याउँछ ।

प्रतिक्रिया दिनुहोस्