Logo

निसानको अल न्यू नभारा सार्वजनिक

निसानले नेपाली बजारमा अल न्यू नभाराको लाइफस्टाइल एठिडसन नभारा प्रो फोरएक्स सार्वजनिक गरेको छ ।
पिकअप सेग्मेन्टमा ८० वर्षयता ग्राहकको मन जितेको कम्पनीले उन्नत प्रविधिसहितका उत्पादन बजारमा ल्याउँदै आएको छ ।
अल न्यू निसान नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सुरक्षा प्रणालीलगायत विभिन्न बेस्ट इन क्लास टेक्नोलोजी रहेको कम्पनीको दाबी छ । द अल न्यू नभारामा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटरियल र डेकोरेसन प्रयाग गरिएको छ भने बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको कम्पनीको भनाइ छ ।
त्यसैगरी यसमा थिन फिल्म ट्रान्सलेटर मिटर र एड्भान्स्ड इन भेइकल इन्फोटेनमेन्ट प्रयोग गरिएको छ । नभारामा इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, भेइकल डाइनामिक कन्टोल, ट्याक्सन कन्टोल सिस्टम र हाई विम असिस्टलगायतका सेफ्टी फिचर उपलब्ध छ ।
नभारामा बेटर फ्युल इकोनोमी, हयान्डलिङ र राइड कम्फर्टका साथै डाइनामिक पर्फमेन्स र सेफ्टी उपलब्ध छ । त्यसैगरी यसमाआर्म रेस्ट, बेड फङसनालिटी, अफरोड मोनिटरसहितको इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर र पेलोड इन्ह्यान्समेन्टसहितको आकर्षक फिचर छ ।
यी सबै नयाँ फिचरका कारण यो गाडी अल्टिमेट ट्राभल र वर्कसाइट पार्टनर बनाउन योग्य छ र अप्टिमल रुम, कम्फर्ट, सेफ्टी र सहजताका कारण जस्तोसुकै सडकमा पनि चुनौतीको सामनागर्न तयार रहेको कम्पनीके भनाइ छ ।
कम्पनीका अनुसार यो गाडी पाँच भेरियन्टमा उपलब्ध छ । यसअनुसार २.५ डी नभारा एलओ एमटी, २.५ डी नभारा एचआई एटी, २.५ डी नभारा एलओ एटी, २.५ डी नभारा एचआई एमटी र २.५ डी नभारा अफरोड एचआई एटी रहेका छन् । यी गाडीको मूल्य क्रमशः ९५ लाख ४९ हजार, १ करोड १३ लाख, ९७ लाख ४९ हजार, १ करोड ११ लाख र १ करोड १६ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्