सुबिसु इन्टरनेटको सुपर रफ्तार अफर

सुबिसु केबलनेटले सुपर रफ्तार अफर ल्याएको छ ।
यस अफरअन्तर्गत सेवाग्राहीले ६५० एमबीपीएससम्मको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।
इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पूर्णरुप दिन कम्पनीले यस अफर ल्याइएको जनाएको छ । आफनो आवश्यकताअनुरुप सेवाग्राहीले उच्च गतिको इन्टरनेट सेवा अब न्यूनतम मूल्यमा प्राप्त गर्ने बताइएको छ ।
६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सक्रिप्सनको वार्षिक सेवा एक हजार ७७० रुपैयाँ प्रतिमहिनामा प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसमा शर्त तथा नियमहरु लागू हुने कम्पनीको भनाइ छ ।