Logo

मेलम्ची खानेपानी आयोजना

तोकिएको समयमा काम भए पुरस्कृत गर्छु : खानेपानी मन्त्री

सिन्धुपाल्चोक (अम्बाथान)– खानेपानीमन्त्री उमाकान्त चौधरीले सोमबार सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।
गतअसार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले गरिरहेको पुनस्र्थापनाको कामको स्थालगत निरीक्षण गर्न सोमबार बिहान ७ बजे नै पुनर्निर्माणस्थल पुगेका हुन् । काठमाडौंबाट बिहानै स्थलगतमार्गबाट काभ्रेको धुलिखेल, पाँचखालबाट मेलम्चीबजार पुगेपछि मात्र मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले मन्त्री आएको सुइँको पाएका थिए ।
स्थलगत निरीक्षणमा गएका मन्त्री चौधरीले ठेकेदार कम्पनीले पुनर्निर्माण कार्य सन्तोषजनक ढंगले भइरहेको बताऐ । उनले मेलम्चीको अस्थायी संरचनाबाट पानी काठमाडौंको सुन्दरीजलमा पथान्तरण गर्ने कार्य निकै कठिन र चुनौतीपूर्ण भए पनि सो कार्य सफलतापूर्वक सम्पन्न भए काम गर्ने सबै जनशक्तिलाई पुरस्कृत गर्नेसमेत बताए । उनले जिम्मेवारी पूरा नगर्ने, कर्मचारी, ठेकेदार वा कामदारलाई भने दण्डित गर्ने चेतावनी पनि दिनु भयो ।
सो अवसरमा मन्त्री चौधरीले अम्बाथानमा रहेको अस्थायी संरचनाबाट पानी पथान्तरण गर्ने एक नम्बर सुरुङको, वैकल्पिक डाइभर्सन, सुरुङ गेट, ९ नम्बर गेट क्षेत्रमा थुप्रिएको माटो, ढुंगा र गेगर हटाउने कार्यको स्थलगत निरीक्षण गरी जानकारी लिएका थिए ।
ठेकेदार कम्पनीले हाल हेलम्बु गाउँपालिकाले निर्माण गरेको पहुँचमार्गलाई ग्राभेल गर्ने, माटो र ढुंगाको थुप्रो हटाउने, र पुरिएको सुरुङ खोतल्ने काम गरिरहेको छ । काठमाडौमा अस्थायी रुपमा पानी पथान्तरण गर्ने १ नम्वर गेटको सुरुङको मुखसम्म खोतल्दा बाहिर कुनै पनि क्षति देखिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्