Logo

निजी क्षेत्रले पनि बढाए दूधको मूल्य


सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले मूल्य बढाएको भोलीपल्ट निजी क्षेत्रले दूधको मूल्य बढाएका छन् ।
डीडीसीले तोकेको मूल्यमा असहमति जनाउँदै निजी क्षेत्रका उद्योगीहरूले मूल्य बढाएको जनाएका छन् । डीडीसीले भने लिटरमा ९ रुपैयाँ मूल्य बढाएको थियो भने निजी उद्योगीले प्रतिलिटरमा १० रुपैयाँ मूल्य बढाएका छन् ।
डीडीसीले शुक्रबारदेखि दूधमा लिटरमा ९ रुपैयाँ मूल्य बढाएर ८५ रुपैयाँ पु-याएको थियो । डीडीसीले बढाएको मूल्यमा असहमति जनाउँदै डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले लिटरमा १ रुपैयाँ मूल्य बढी बढाएर ८६ पु-याएका हुन् । जसमा निजी क्षेत्रका उद्योगीहरूले संस्थानले निर्णय गरेको मूल्यलाई नमान्ने भन्दै मूल्य परिमार्जन गरेका छन् ।
उद्योगीहरूले दुग्ध उत्पादन, संकलन, ढुवानी, प्रशोधन र बजारीकरणमा पशु आहार, इन्धन, विद्युत्, ज्याला, ढुवानी खर्चको पटक–पटक मूल्य वृद्धि हुन गई कृषक तथा उद्यमीहरू मारमा पर्न गएकाले नेपाल सरकारका विभिन्न निकायमा किसानलगायत उद्यमीले समय सापेक्ष रूपमा दूधको खरिद तथा बिक्री मूल्य परिमार्जन गर्न अनुरोध गरेको थियो ।
सरकारले गत माघ १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयले कच्चा दूधको मूल्य प्रति लिटर ६.५२ वृद्धि गरी कच्चा दूधको न्युनतम् मूल्य ५६.०४ रुपैयाँ तोकेको थियो । उक्त दूधमा ३ प्रतिशत फ्याट, ८ प्रतिशत एसएनएफ निर्धारण भई दुग्ध विकास संस्थानबाट मूल्य निर्धारण गरेको थियो । उक्त मूल्य तोकेसँगै निजी क्षेत्रका उद्योगीहरूले भने विरोध जनाउँदै आएका थिए ।
उद्योगीहरूले किसानको मूल्यमा ७ रुपैयाँ र उद्योगीको मूल्य ३ रुपैयाँ बढ्नुपर्ने माग गर्दै आएका थिए । तर, सरकारले सो माग अनुसार मूल्य नबढाएपछि निजी क्षेत्रका व्यवसायीले आफूखुसी मूल्य बढाएको जनाएका छन् ।
डीडीसीले स्ट्याण्डर्ड दूधको मूल्य आधार लिटरको प्याकेटको ४२.५० रुपैयाँ कायम गरेको छ । सो मूल्यप्रति निजी क्षेत्रका उद्योगीले दूधको मूल्य प्याकेट ४३ रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।
नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले आगामी फागुन १ गतेदेखि किसानबाट खरिद गरिने कच्चा दूधको न्यूनतम मूल्य सहकारी संस्थाहरू समेतको गरी ३ प्रतिशत फ्याट, ८ प्रतिशत प्रतिशत एसएनएफको ६२ रुपैयाँ कायम गरिएको र प्रशोधित स्ट्याण्र्डड दूध प्रतिलिटर १० वृद्धि गर्ने निर्णय भएको जानकारी दिए ।
फ्याटका आधारमा स्ट्याण्डर्ड दूधमा ९ रुपैयाँ, टी–मिल्क १० रुपैयाँ, गाईको दूधमा १२ रुपैयाँ र फुलक्रिम मिल्कमा १४ रुपैयाँसम्म मूल्य बढाएको डीडीसीले जनाएको छ । डीडीसीले कायम गरेको मूल्यअनुसार अब भने आधा लिटरलाई ४२.५० रुपैयाँ पर्नेछ ।
यो मूल्य काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा लागू हुनेछ । त्यस्तै, बुटवलमा आधा लिटरको मूल्य ४०.५० रुपैयाँ र नेपालगन्ज र धनगढीमा ३९.५० रुपैयाँ तोकेको छ । तर, निजी क्षेत्रले उक्त मूल्यलाई समायोजन गर्दै प्रतिलिटर १० रुपैयाँसम्म बढाएको छ ।
निजी क्षेत्रले अहिले आधा लिटरलाई ४३ रुपैयाँ मूल्य कायम गरेको छ । साथै अन्य स्थानमा दुरीको हिसाबले तलमाथि पर्ने निजी क्षेत्रको भनाइ छ । दुग्ध विकास संस्थानले तोकेको मूल्यमा असहमति जनाउँदै निजी क्षेत्रका उद्योगीहरूको सहमतिमा आफूखुसी मूल्य बढाएका छन् ।
डीडीसीले विभिन्न स्थानलाई तोकेर प्रतिप्याकेट मूल्य छुट्टाछुट्टै तोकेको थियो । डीडीसीले स्ट्याण्डर्ड दूधको मूल्य आधार लिटरको प्याकेटको ४२.५० रुपैयाँ कायम गरेको छ । सो मूल्यप्रति निजी क्षेत्रका उद्योगीले दूधको मूल्य प्याकेट ४३ रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ । डीडीसीले फ्याटका आधारमा स्ट्याण्डर्ड दूधमा ९ रुपैयाँ, टी–मिल्क १० रुपैयाँ, गाईको दूधमा १२ रुपैयाँ र फुलक्रिम मिल्कमा १४ रुपैयाँसम्म मूल्य बढाएको डीडीसीले जनाएको छ । डीडीसीले कायम गरेको मूल्य अनुसार अब भने आधा लिटरलाई ४२.५० रुपैयाँ पर्नेछ ।
यो मूल्य काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा लागू हुनेछ । त्यस्तै, बुटवलमा आधा लिटरको मूल्य ४०.५० रुपैयाँ र नेपालगन्ज र धनगढीमा ३९.५० रुपैयाँ तोकेको छ । तर, निजी क्षेत्रले उक्त मूल्यलाई समायोजन गर्दै प्रतिलिटर १० रुपैयाँसम्म बढाएको छ । निजी क्षेत्रले अहिले आधा लिटरलाई ४३ रुपैयाँ मूल्य कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्