Logo

कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता सुरु

कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि दर्ता कार्य सुरु भएको छ ।
मंगलबारदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि दर्ता कार्य सुरु गरेको हो । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले टोकन सिस्टममा दैनिक ४० जनाको नाम दर्ता गरिने बताए । उनले अत्यावश्यक परेका नागरिकलाई राष्ट्रिय परिचयपत्र दर्ताका लागि विशेष प्राथमिकता दिइने पनि बताए ।
कीर्तिपुर नगरपालिकाले नगरबासीलाई राष्ट्रिय परिचयपत्र दर्ताका लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र लिएर आउन आग्रह गरेको छ । नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा जन्म मिति खुल्ने प्रमाणपत्र, नागरिकतामा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा त्यस्तो ठेगाना प्रमाणित गर्ने बसाइँ सराइ वा बसोबास प्रमाणित भएको कागजात, नागरिकतामा पति, पत्नीको नाम उल्लेख छैन भने विवाह दर्ताको प्रमाण पत्रसहित परिचयपत्र दर्ताका लागि आउन नगरपालिकाले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्