नेपाल बंगलादेश बैंकको कामु सीईओमा पाण्डे «

नेपाल बंगलादेश बैंकको कामु सीईओमा पाण्डे

नेपाल बंगलादेश बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् ।
सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई कामु प्रमुख कार्यकारी अधिकृत निुयक्त गरेको हो । बैंकिङ क्षेत्रमा २० वर्षको अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीईओ भएर काम गरिसकेका छन् । पाण्डेले बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् ।
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्