नेसनल कंक्रिट उद्योगको उत्पादन बजारमा

नेसनल कंक्रिटले आफ्नो उत्पादन बजारमा ल्याएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–९ मा उद्योग स्थापना गरी कंक्रिट उत्पादन गर्दै आएको छ ।
आईएसओ ९००१/२०१५ प्राप्त सो उद्योगले क्रर्भ स्टोन (बाटोको लेन छुट्याउन प्रयोग गरिने) इन्टरलक पेभर (मोजाक टाइल, रेक्टो वेवर, हेक्स पेवर, युनिपेवर, स्वायर टायल, व्लक) कंक्रिट इट्टा उत्पादन गर्दै आएको छ । विगत एक वर्ष ६ महिनादेखि सञ्चालनमा आएको सो उद्योगमा चितवन र नवलपरासीका १० जना युवा व्यवसायीको लगानी रहेको छ ।
कंक्रिटका अध्यक्ष इन्द्रप्रसाद पौडेलका अनुसार १५ करोड भन्दा बढीको लगानीमा उद्योग सञ्चालनमा आएको हो । अत्याधुनिक युरोपियन प्रविधिबाट उत्पादन सुरु गरेको कम्पनीको दावी छ । उत्पादनको मुख्य बजार चितवन, पोखरा, काठमाडौं बुटवलसँगै अन्य जिल्लाहरु रहेका छन् । उद्योगका निर्देशक इञ्जिनियर कमल घिमिरेले ठूला निर्माण आयोजनाका लागि आवश्यक पर्ने उच्च भारबहन क्षमताका कंक्रिट उत्पादन हुँदै आएको छ ।