Logo

स्वास्थ्यचौकीका लागि जग्गादिने दाताको प्रतिमा अनवरण

नेपालगन्ज- बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानी स्वास्थ्य चौकी भवन निमार्णका लागि जग्गा उपलब्ध गराउने जग्गादाताको प्रतिमाको अनावरण गरिएको छ । गाउँपालिकाले शुक्रबार नवनिर्मित प्रतिमाको अनावरण गर्दे जग्गादाताका छोरा ओम प्रकाश चौधरी, शिवकुमार चौधरी र बुहारी सुरतादेबी चौधरीलाई सम्मान गरेको हो ।
वार्ड नंं २ बेतहानी निवासी भुतपुर्व प्रधान स्वर्गिय विष्णुप्रसाद चौधरी र श्रीमती लिलावती चौधरीले स्वास्थ्य चौकी भवन निमार्णका लागि २०६५ सालमा सात कठ्ठा जग्गा दान गरेका थिए । जग्गा प्राप्त भएपछि नेपाल सरकारले आर्थिक वर्ष २०७३-०७४ मा सुविधासम्पन्न भवन निमार्ण गरेको थियो । गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले जग्गादाताको प्रतिमा अनवरण गर्दै स्वास्थ्य जस्तो सम्बेदनशिल सेवाका लागि गरेको योगदानको कदर गर्दै जग्गादाताको सम्मानका लागि प्रतिमा स्थापना गरेको बताए । उनले यो लाखौ मुल्य पर्ने ठुलो दानले यस क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा लिनबाट सहयोग पुगेको भन्दै समाजसेवा गर्नेहरुको सम्झनाका लागि पनि सधै सम्मान गर्न सिक्नुपर्ने धारणा राखेका थिए ।
स्वास्थ्यचौकी निमार्ण भएपछि डुडुवा १ होलिया, २ बेतहानी र ३ बनकट्टी लगायत आसपास गाउँका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । बेतहानी स्वास्थ्य चौकीमा अहिले जेष्ठ नागरिक सहायता उपचार केन्द्र, निःशुल्क प्रयोगशाला, औषधी भण्डारण, एम्बुलेन्स परिचालनको सेवा उपलब्ध रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्