Logo

उनी फेल्ट उत्पादक संघमा श्रेष्ठ

नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघको अध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् ।
संघको १३औं वार्षिक साधारणसभाअन्तर्गत भएको निर्वाचनमा श्रेष्ठको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष श्रेष्ठ बागमती आर्ट्स एण्ड ह्यान्डिक्राफ्टका सञ्चालक हुन् ।
निर्वाचन समितिका संयोजक अधिवक्ता प्राणनाथ न्यौपानेका अनुसार साधारणसभाले कार्यसमितिका पदाधिकारी र सदस्यहरु पनि निर्विरोध चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा महेश्वर श्रेष्ठ, उपाध्यक्षमा अमोघ धाख्वा, महासचिवमा तेल बहादुर कुमाल, सचिवमा शान्ति भण्डारी र कोषाध्यक्षमा शिव अधिकारी चयन भएका थिए ।
संघको सदस्यहरूमा सुनिता श्रेष्ठ, रुद्रनाथ देवकोटा, सुनिता शेर्पा, चन्द्रबहादुर थापा र विष्णुमणि लोहनी निर्वाचित भएका छन् । यस्तै, संघको पहिलो बैठकले चक्रमणि देवकोटा र डाकबहादुर नेपालीलाई उपाध्यक्ष तथा प्रभुकुमार कार्कीलाई सचिवमा मनोनित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्