चेम्बर र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले छात्रवृत्ति दिने «

चेम्बर र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले छात्रवृत्ति दिने

नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस विषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएका छन् ।
प्रत्येक प्रदेशमा बीबीएम ई बिजनेश पढ्न चाहाने एक जना छात्रालाई पूर्ण निःशुल्क, १४ जना विद्यार्थीलाई मासिक शुल्कमा शतप्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिने गरी फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर (एमओयु) भएको हो । समझदारी पत्रमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरे ।
चेम्बरसँगको सहकार्यमा फाउण्डेसनले स्नातक तहको पढाइका १ करोड १७ लाख रुपैयाँ सहयोग गर्ने फाउण्डेसनका अध्यक्ष जलानले बताए ।
चेम्बरका अध्यक्ष मल्लले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी आर्थिक सहयोग उपलव्ध गराउने बताए । लक्षित वर्गमा सो सहयोग रकम पुगोस भन्नेमा चेम्बर सजग रहेको मल्लको भनाइ छ ।
सूचना प्रविधिको विकाससँगै अवको दिनमा ई बिजनेश शिक्षा प्रभावकारी हुने जलानले बताए । खल्ती वालेटसँगको सहकार्यमा पढाई पूरा गरेका विद्यार्थीलाई रोजगारी समेत उपलब्ध गराउने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले ई बिजनेशमा स्नातक तह पार गरेका विद्यार्थीलाई आफूले २ वर्षसम्म सःशुल्क इन्टर्नसीपको व्यवस्था गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्