दमक चेम्बरको अध्यक्षमा ढकाल «

दमक चेम्बरको अध्यक्षमा ढकाल

झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्बर अफ कमर्सको भगिनी संस्थाका रूपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, कार्यसमिति सदस्य सन्तोष पाण्डेलगायत केन्द्रीय पदाधिकारीको उपस्थितिमा राजेन्द्रप्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय चेम्बर जिल्ला कार्यसमिति चयन भएको हो ।
दमक चेम्बरको उपाध्यक्षमा अजय अग्रवाल, सचिवमा रामप्रसाद रिमाल, सहसचिवमा चन्द्रमायाँ निरौला, कोषाध्यक्ष सन्दिप साहेवाला निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा यमपाठक, मैयादेवी आचार्य, नबिन सेंडाई, शम्भुप्रसाद खतिवडा, राजकुमार गुप्ता र खेमनाथ सापकोटा निर्वाचित भएका छन् ।
चेम्बर अध्यक्ष मल्लले बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता समस्या समाधानका लागि केन्द्र र स्थानीय तहमा खर्च हुन नसकेको रकम वाणिज्य बैंकहरूमा स्थानान्तरण गरिदिनुपर्ने बताए । एकल अंकमा ब्याजदर कायम गर्ने र सीडी रेसियोलाई ९५ प्रतिशत पु¥याउनुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्