Logo

एस्कर्टस्को हाइड्रा १५ फोरपी क्रेनको सफ्ट लन्च

एस्कर्टस्को हेभि उपकरण सेगमेन्टहरूको नेपालका लागि आधिकारिक बिक्रेता, तथा आईएमई ग्रुपअन्तर्गतको अटोमोबाइल सेवाप्रदायक एक भगिनी संस्था आईएमई अटोमोटिभ्स प्रालिले बहुप्रतिक्षित हाइड्रा १५ फोरपी क्रेनको नेपालमा बिक्री वितरणको सुरुवात गरेको छ । उक्त कार्यक्रममा कन्ट्रयाक्टर एसोसियसन, रुपन्देही जिल्लाका प्रेसिडेन्ट मोहनलाल जोशीको उपस्थिति थियो । कार्यक्रम अनावरण गर्ने क्रममा मोहनलाल जोशीले एस्कर्टस ब्रान्ड एसोसिएसनका लागि आफनोसाथ र सहयोग लामो समयसम्म रहने बताउँदै विकास गतिविधिमा आएको वृद्घि सँगै, भारी उपकरण उत्पादनका लागि ठूलो भूमिका र सकारात्मक योगदान रहने पनि बताए । हाइड्रा १५ फोरपी क्रेनको ऐतिहासिक उद्घाटनको अवसरमा एस्कर्टस डिभिजन ९नेपालका० सेल्स हेडश्री अशोक कार्की, एस्कर्टस्का कन्ट्री म्यानेजर राजेश्वर प्रसादयादव साथै विक्रेता प्रतिनिधि, चैतन्य इक्युपमेन्टका निर्देशक प्रेमप्रकाश श्रेष्ठ आदिको उपस्थिति रहेको जनाउँदै कम्पनीले हेभीउपकरणहरूका उत्पादन गर्ने लामो इतिहास बोकेको एस्कर्टस्ले मर्मत सम्भार गर्न सहज हुने प्रकृतिका विविध विशेषता समाहित रहेको हाइड्रा १५ फोरपी बजारमा ल्याएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्