काठमाडौंमा ढाका प्रदर्शनी हुँदै «

काठमाडौंमा ढाका प्रदर्शनी हुँदै

ढाका तथा अल्लोबाट उत्पादित सामग्रीको प्रदर्शनी हुने भएको छ । आगामी पुस २, ३ र ४ गते बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा प्रदर्शनी हुने भएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको आयोजनामा उक्त प्रदर्शनी हुन लागिएको हो । प्रदर्शनीमा ४० वटा स्टलमध्ये २५ वटा स्टलमा ढाकाका वस्तु र १५ वटा स्टलमा अल्लोका उत्पादन राखिने प्रदर्शनीका संयोजक रमेश श्रेष्ठले जानकारी दिए ।
प्रदर्शनीले नेपाली मौलिक उत्पादन ढाकाको प्रचार प्रसारमा सहयोग पु¥याउने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्