मंगलम् पाइप्सको सरसफाइ कार्यक्रम «

मंगलम् पाइप्सको सरसफाइ कार्यक्रम

सीपीभीसी पाइप्स र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम गरेको छ ।
मंगलम् पाइप्स र गोलगढ टोल सुधार समितिको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।
‘सफा, सुन्दर र हराभरा सहर, हामी सबैको रहर’ नाराका साथ सम्पन्न गरिएको कार्यकममा लगभग ७५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा गोलगढ क्षेत्रमा सरसफाइ गरिएको थियो ।
मंगलम् पाइप्स्को सो क्षेत्रमा पहिलो सरसफाइ कार्यक्रम भएपनि वातावरण संरक्षण र सम्वद्र्धनमा भने यसअघिदेखि नै अग्रसर रहेको कम्पनीको दावी छ । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–३, ढक्दैमा स्थापनाको अन्तिम चरणमा पुगेको मंगलम् इन्डस्ट्रिजको नयाँँ वातावरण मैत्री कारखाना पूर्णतया बिजुलीबाट सञ्चालन हुनुका साथै उत्पादनको प्रक्रियामा निस्किने अन्य पदार्थहरु उद्योगभित्रै पुनः प्रयोग हुने हुनाले ध्वनि र अन्य वातावरणीय प्रदूषणमुक्त छ ।
२५० जना कर्मचारीहरुलाई दैनिक रुपमा रोजगारी प्रदान गरिरहेको यो कारखानाले स्थानीय तहमै रोजगारीको अवसर सृजना गरिरहेको छ । मंगलम् इन्डस्ट्रिज नेपालको पहिलो सीपीभीसी पाइप्स र फिटिङ्स् उत्पादक तथा नेपालबाट बाहिरी देशमा सबैभन्दा बढी पोलिमर पाइपिङ प्रणाली निर्यात गर्ने कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्