सोलारबाट भूमिगत सिँचाइ «

सोलारबाट भूमिगत सिँचाइ

कञ्चनपुर-वैकल्पिक सौर्य ऊर्जाबाट निःशुल्क रूपमा भूमिगत सिँचाइको सुविधा पाएपछि कञ्चनपुरका किसान हर्षित भएका छन् ।
कञ्चनपुरमा सौर्य प्रविधिबाट भूमिगत सिँचाइ हुन थालेपछि किसान हर्षित भएका हुन । यहाँ सौर्य प्रविधिबाट १० वटा भूमिगत सिँचाइ सञ्चालन भएका छन् । जसमध्ये बेलौरी नगरपालिका–४ मा ५, वडा नम्बर ५ मा ३ र जिल्लाका अन्य भागमा २ गरी १० वटा भूमिगत सिँचाइ (पम्पसेट) सञ्चालनमा रहेको बेलौरी नगारपालिकाले जनाएको छ ।
सिँचाइको समस्या भोग्दै आएका किसानले यसअघि डिजल तथा विद्युतीय पम्पसेटबाट सिँचाइ गर्दै आएका थिए । सोलार प्रविधिबाट भूमिगत सिँचाइ सुरु भएपछि आर्थिक भार हटेको बेलौरी नगरपालिका–४ का रुद्र अधिकारीले बताए । सौर्य किरणबाट सिँचाइ हुन थालेपछि बत्ती कुर्नुपर्ने झण्झट र पेट्रेलियम पर्दाथ अभावबाट समेत उन्मुक्ति पाएको उनले बताए । अधिकारीका अनुसार यसअघि सिँचाइ गर्दा प्रतिघण्टा डेढ लिटर डिजल लाग्ने गरेकोमा अहिले सौर्य प्रविधिबाट घाम लागेका बेला दैनिक १० घण्टा निःशुल्क रूपमा सिँचाइ गर्न सकिन्छ । यस प्रविधिबाट दैनिक २ बिघा क्षेत्रफलमा सिँचाइ गर्न सकिने किसानहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्