फरक गन्तव्य उडानबारे बल्ल बोल्यो निगम «

फरक गन्तव्य उडानबारे बल्ल बोल्यो निगम


काठमाडौं–रुकुम–नेपालगञ्जका लागि आइतबार (मंसिर ५) उडान भरेको नेपाल वायुसेवा निगमले आफ्नो विमान प्mरक गन्तव्यमा अवतरणको घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौं–रुकुम (सल्ले) उडान तालिका भएका विमान सल्लेमा अवतरण नगरेर नेपालगञ्जमा अवतरण गरेकोबारे निगमले ध्यानाकर्षण भएको जनाएको हो । आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजको लागि ५ः१५ मा उडान कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बोलाइएको थियो तर मौसम प्रतिकुलताका कारण काठमाडौं–रुकुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो ।
“मौसममा क्रमिक सुधार आएपछि रद्द भएको उडान अपरान्ह २ः१५ बजेको लागि पुनः सञ्चालन गर्ने तालिका तय गरेको थियो । त्यसपछि विमान चालक÷परिचारक एवं यात्रुहरुलाई फोन गरेर पुनः विमानस्थल बोलाइयो । तर उडान रद्द भएर घर फर्किएका यात्रुहरुलगायत सबैजना आइपुगेर उडान भर्न लाग्दा अपरान्ह २ः५८ भयो ।” घटनाबारे बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काठमाडौं–रुकुम (सल्ले) उडान भरिसक्दा ५ बज्ने अवस्था थियो ।”
अर्कोतर्फ बिहान ५ः१५ बजे देखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे पूरा भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगञ्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगञ्जसम्म मात्र उडान भर्ने निर्णय भएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
हवाइ उडान सम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन/नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट डयुटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरेकाले त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको थियो । रुकुम र नेपालगञ्ज जाने यात्रुहरुलाई काठमाडौंमै राखीरहनु भन्दा नेपालगञ्जसम्म पु¥याएर रुकुम जाने यात्रुहरुलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट बिहानै रुकुम पु¥याउनु पर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय भएको निगमको तर्क छ ।
काठमाडौंबाट आइतबार दिउसो ३ बजेर १५ मिनेटको लागि उडान विमानले १० यात्रु बोकेर विमान नेपालगञ्जमा ४ बजेर २० मिनेटमा अवतरण गरेको जनाइएको छ । १० जना यात्रु सवार सो विमानका यात्रुलाई नेपालगञ्जको होटलमा राति राखेर सोमबार सल्लेका लागि उडान भरेर यात्रुलाई गन्तव्यमा पु¥याएको थियो । निगमका अनुसार चालक दलको डिउटी समय बिहान ६ बजेदेखि नै रेकर्ड भएकाले गर्दा सो समयमा गन्तव्यमा उडान भर्ने नसकेको जनाइएको थियो । व्यवस्थापनको कमजोरीका कारण गन्तव्यमा यात्रु पु¥यानबाट निगम चुकेको निगम स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्