कोकाकोलाको अनग्राउन्ड एक्टिभेसन अभियान समापन

कोकाकोलाले कोभिड–१९ महामारीमा फ्रन्टलाइनमा बसेर काम गर्ने सम्पूर्ण कर्मचारीप्रति समर्पित अनग्राउन्ड एक्टिभेसन सम्पन्न गरेको छ ।
महामारीमा अनवरत सेवामा खटिने कर्मचारीप्रति कृतज्ञता ज्ञापन गर्ने मुख्य उद्देश्यले कोकाकोलाले सञ्चालन गरेको एक्टिभेसन कार्यक्रम सन् २०२१ को दसैं अभियानअन्तर्गत धन्यवाद शीर्षकको एक हिस्सा रहेको बताइएको छ ।
उक्त अनग्राउन्ड एक्टिभेसन कार्यक्रमका क्रममा कोकाकोलाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), स्टार अस्पताल (काठमाडौं) र ह्याम्स अस्पताल (काठमाडौं) लगायत नेपालका प्रमुख पाँच कोभिड अस्पतालहरुसँग आबद्ध भएको जनाएको छ ।
यस्तै गरी एम्बुलेन्स सेवा प्रदायक ’नेपाल एम्बुलेन्स सेवा’, ‘वुमन फर ह्युमन राइट्स’ र क्रिएशन इनको सञ्जाल अन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदारहरुका साथै अन्य १३ गैरसरकारी संस्थाहरुसँग कोकाकोलाले सहकार्य गरेको थियो ।
यस अभियानमा कोकाकोलाले अग्रपंतिमा रहेर काम गर्ने सेवा प्रदायकलाई उपहारको रुपमा उनीहरुको नाम छापिएको कोकको बोटल र कोकाकोला कन्टोर ग्लास भएको पर्सनलाइज्ड धन्यवाद गिफ्ट बक्स प्रदान गरेको जनाएको छ ।
कठिन समयमा साथ दिने साथी÷नातेदारलाई ‘धन्यवाद’ लेखिएको कोकको बोटलको साथमा आभार व्यक्त गर्न आफ्नो उपभोक्तालाई हौसला र प्रोत्साहन दिने उद्देश्यको साथ कोकाकोलाले गत सेप्टेम्बरमा धन्यवाद शीर्षक दसैं क्याम्पेन ल्याएको थियो ।