एलजीको नयाँ मोडलको टिभी बजारमा «

एलजीको नयाँ मोडलको टिभी बजारमा

एलजी ब्राण्डको आधिकारीक बिक्रेता सिजी इम्पेक्सले एलजीको नयाँ युपी सिरिजको युएचडी टिभी नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले एलजीको युएचडी टिभी श्रेणीमा ५० इन्च, ५५ इन्च, ६५ इन्च र ७५ इन्चको टिभी नेपाली बजारमा ल्याएको छ । एलजी टिभीमा रियल फोरके डिस्प्लेसँगै तीन साइडसिनेमा स्क्रीन डिजाइनका साथै क्वाड कोर प्रोसेसरफोर के, वेभ ओएस ६.० अपरेटिङ सिस्टम रहेको बताइएको छ ।
त्यसैगरी आईपीएस प्यानलफोर के, एचजीआईजी मोड, अटोलो ल्याटेन्सी मोड गेम अप्टिमाइजर, एआई ब्राइटनेस, एआई साउण्ड, एचडिआर प्रविधिमा आधारित फिल्म मेकर मोड, म्याजिकमोसन रिमोट कन्ट्रोल स्पोर्टस अलट जस्ता थुप्रै विशेषताहरु रहेको बताइएको छ ।
यस टिभीमा एलजी थिङक्यू एआई टेक्नोलोजी रहेको बताइएको छ । एमेजोन ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँग होमकिट जस्ता विशेषताहरु पनि सो टिभीमा रहेको बताइएको छ । एप्पल एयर प्लेय २ को मद्दतले आइफोनबाट सिधै स्क्रिन सेयर÷स्क्रिन मिरर गर्न पनि सकिने बताइएको छ । गुगल असिस्टेनको मद्दतले टिभीलाई आफ्नो आवाजले नियन्यत्रण गर्न सकिने सुविधा पनि रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्