परिसंघमा स्टार्टअप्स अभियान समिति गठन

नेपालमा नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप्स) को प्रवद्र्धनका लागि नेपाल उद्योग परिसंघले स्टार्टअप्स अभियान समिति गठन गरेको छ । युवा उद्यमी आयुषी केसीको सभापतित्वमा गठन भएको समितिको कोअर्डिनेटिङ उपाध्यक्षमा परिसंघका उपाध्यक्ष रोहित गुप्ता रहेका छन् ।
नेपालमा स्टार्टअप्सलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको स्थापित गर्ने उद्देश्यसले समिति गठन गरिएको परिसंघले जनाएको छ । समितिले नेपालमा स्टार्टअप्सको निरन्तर प्रवद्र्धनको काम गर्नेछ ।
कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअप्सलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनका लागि समितिले सरकारसँग सहकार्यक्रमा काम गर्न सक्ने बताए । व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको भन्दै उनले नयाँ क्षेत्रहरुमा काम गर्ने सम्भावना रहेको उल्लेख गरे ।
“अहिले व्यवसायमा परिवर्तन भइहेका छन्, यसै समितिमार्फत मेन्टरसीपको काम गर्न सकिन्छ,” उनले भने, “सरकारले ५ वटासम्म स्टार्टअप्सलाई १ लाख रुपैयाँका दरले प्रदान गर्न सकिने भनेको छ, त्यसमापनि यस समितिले काम गर्न सक्छ ।”
यसैगरी परिसंघका उपाध्यक्ष रोहितगुप्ताले यस समितिमार्फत व्यवसायमाआएकानयाँनयाँ सोचबारे सदस्यहरुलाई जानकारी गराउन सकिने बताउनुभयो ।
समितिकी सभापतिआयुषी केसीले कोरोना महामारीका कारण २५ प्रतिशत स्टार्टअप्स बन्दभएकोबताउनुहुँदै यस्ता व्यवसायको सफलताको दर असाध्यै कमजोर रहेको उल्लेख गर्नुभयो । उहाँले सन् २०२२ को मार्चभित्रमा नेपालमा स्टार्टअप्स सम्मेलन गर्ने सोच यस समितिको रहेको जानकारी गराउनुभयो ।
समितिको सहसभापतिमा चाङ अग्रवाल रहनु भएको छ । यसैगरी समितिको सदस्यहरुमा सागरदेव भट्ट, अमुनथापा, रुपेशकृष्ण श्रेष्ठ, मनिषश्रेष्ठ, प्राचीअग्रवाल, तेजिङ गोन्सरडा मनिषथापा,लतिकागोल्यान, शिखर पण्डित, सुमन रायमाझी र इमरानअली रहनुभएको छ ।