संयुक्त राष्ट्रसंघको सान्दर्भिकता «

संयुक्त राष्ट्रसंघको सान्दर्भिकता

प्रथम विश्वयुद्धको विभीषिकाबाट तहसनहस विश्वलाई शान्ति तथा विकासको बाटोमा अग्रसर गराउने ध्येयले राष्ट्रसंघको स्थापना भए पनि यसको असफलताले अझ वीभत्सता र व्यापक धनजनको क्षति भयो । दोस्रो विश्वयुद्धबाट धेरै कुरा थाहा भयो ।
यसबाट पाठ सिकेका तत्कालीन राजनेताहरूले विश्वमा शान्ति र सुरक्षाका लागि प्रभावकारी भूमिका खेल्न सक्ने त्योभन्दा सशक्त अन्तर्राष्ट्रिय संगठनको कल्पना गर्नु र त्यसको स्थापनाका लागि पहल गर्नु अस्वाभाविक थिएन ।
विश्वमा शान्ति स्थापना, दिगो तथा सन्तुलित विकासका आयामलाई सबलीकरण गर्ने अनि साना–ठूला सबै राष्ट्र–राज्यको सार्वभौमिकता र पारस्परिक हितका आयामलाई प्रवद्र्धन गर्ने सवालमा संयुक्त राष्ट्रसंघको भूमिका रहिआएको छ । मूलतः एक्काइसौँ शताब्दीका प्रमुख चुनौती जलवायु परिवर्तन तथा यसका वातावरणीय असर, सन्तुलित तथा दिगो विकास, मानव अधिकारको पूर्ण प्रत्याभूति, आतङ्कवाद निर्मूल, धनी र गरिब देशका जनताका बीचका आर्थिक असमानतालाई कम गर्नेलगायतका मुद्दाको समाधानको दिशामा यो विश्व संस्थाले महŒवपूर्ण भूमिका खेल्न सक्छ ।
यसरी सन् १९४५ अक्टोबर २४ तारिखमा संयुक्त राष्ट्रसंघको स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष अक्टोबर २४ तारिखमा राष्ट्रसंघ दिवस विशेष कार्यव्रmमका साथ मनाइन्छ । विश्वमा दिगो शान्ति, सदस्य राष्ट्र–राज्यहरूको सार्वभौम अधिकार र राष्ट्रिय अखण्डता तथा न्यायपूर्ण दिगो विकासका लागि विगत लामो समयदेखि संयुक्त राष्ट्रसंघले महŒवपूर्ण नेतृत्वदायी र समन्वयकारी भूमिका खेल्ने प्रयासलाई जारी राख्दै आएको भए पनि अपेक्षाकृत उपलब्धि हासिल गर्न सकिएको छैन ।
विशेषतः अतिविपन्न तथा शक्तिविहीन राष्ट्रहरूको राष्ट्रिय स्वाधीनता तथा ती राष्ट्रमा बसोबास गर्ने लाखौँ जनताको गरिबी निवारणप्रतिको प्रयास तथा न्यूनतम आधारभूत आवश्यताको परिपूर्तिका सवाल र मानव अधिकारको संरक्षण, प्रवद्र्धनका दिशामा राष्ट्रसंघले जुन महŒवपूर्ण सहजीकरणको भूमिका खेल्न सक्नुपर्ने थियो, जसअनुसारको कार्य हुन सकेको छैन । यस्ता राष्ट्र र जनताका समग्र विकासका आयाम, रूपान्तरण, राजनीतिक तथा नागरिक अधिकारको प्रवद्र्धनका क्षेत्रमा संयुक्त राष्ट्रसंघलगायत यसका विशिष्टीकृत संस्थाहरूले अझ प्रभावकारी तथा परिणाममुखी कार्य गर्नु आवश्यक छ ।
सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयुक्त राष्ट्रसंघ दिवस मनाउन थालियो । फलतः सन् १९७१ को संयुक्त राष्ट्रसंघको महासभाले यस ऐतिहासिक दिनमा सम्पूर्ण सदस्य राष्ट्रहरूमा सार्वजनिक बिदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो । आजका दिनमा विभिन्न कार्यव्रmमहरूको आयोजना गरेर संसारभरि संयुक्त राष्ट्रसंघको गठन, कार्य र ध्येयका बारेमा जानकारी गराइन्छ ।
हरेक वर्षको २० देखि २६ अक्टोबरसम्म संयुक्त राष्ट्रसंघ सप्ताह मनाइनेमा अक्टोबर २४ लाई विशेष चाख र उत्साहका साथ संयुक्त राष्ट्रसंघ दिवसका रूपमा मनाइन्छ ।
पहिलो र दोस्रो विश्वयुद्धले थिलथिलो भइसकेको विश्व मानचित्र र युद्धका पीडाहरूमा विश्व शान्ति र सद्भाव कायम गर्ने मध्यस्थता गर्नका लागि पुरानो लिग अफ नेसन्सले भूमिका खेलेको थियो । दोस्रो विश्वयुद्धको विध्वंस र विनाशले अमेरिका, बेलायत, सोभियत युनियनलाई संयुक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गर्न जरुरी बनाएकोमा जर्मनी, इटाली, जापान र अन्य केही युद्धरत राष्ट्रहरूबाहेक २६ वटा राष्ट्रले सन् १९४२ को जनवरीमा संयुक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।
यसर्थ सन् १९४५ मा यसै घोषणापत्रमा थप रूपरेखा तयार गर्न सन् फ्रान्सिस्को, अमेरिकामा ५० भन्दा बढी देशका प्रतिनिधिहरूले अक्टोबर २४ का दिन भेला भएकामा अक्टोबर २४ लाई हरेक वर्ष संयुक्त राष्ट्रसंघ दिवसका रूपमा लिइन्छ । संयुक्त राष्ट्र घोषणापत्रलाई अमेरिका, बेलायत, चीन, फ्रान्सलगायतका देशहरूले पनि पुष्टि गरेका र सहमति जनाएका हुन् ।
संयुक्त राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रहरूमा विश्व शान्ति तथा सद्भावको वकालत अनि आधारभूत मानव अधिकारको प्रत्याभूति, प्रवद्र्धन गर्ने, सामाजिक र आर्थिक विकासको सहयोग गर्ने अनि संसारभरि कुनै अकाल, प्राकृतिक प्रकोप र हिंसा भएमा शान्तिको पुनस्र्थापना अनि पीडितहरूलाई सहयोग गर्ने कार्य गर्छ ।
यो एउटा अन्तर्राष्ट्रिय संस्था हो, जसले सम्पूर्ण सदस्य राष्ट्रहरूबीच समन्वय र सहयोग कायम राख्छ । यसरी दोस्रो विश्व युद्धको समापन अघि यस्ता कार्यहरू लिग अफ नेसनले गर्ने गरेकोमा लिग अफ नेसनलाई प्रतिस्थापित गर्दै अझै भरपर्दो ढङ्गले विश्व समन्वय र शान्ति स्थापनाका लागि अनि पहिला र दोस्रा विश्वयुद्धजस्ता आततायी युद्धहरू पुनः हुन नदिनका लागि संयुक्त राष्ट्रसंघको स्थापना गरिएको हो । यसका साथसाथै संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न लक्षित क्षेत्र र विषयमा कार्य गर्नका लागि विशिष्ट संस्थाहरू छन्, जस्तै खाद्यान्न र कृषिका लागि विश्व खाद्यान्न तथा कृषि संस्था, अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था, बालबालिका र महिलाका लागि युनिसेफ आदि र यी संस्थाहरूका आ–आफ्ना कार्यगत क्षेत्रमा कार्यसञ्चालनका आ–आफ्नै तटस्थ र मानवीय आधारहरू हुन्छन् ।
एक सक्षम तथा सक्रिय सदस्यका रूपमा हाम्रो देशको कुरा गर्ने हो भने सन् १९५५ देखि नै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व तथा आफ्नो राष्ट्रिय स्वार्थ संवद्र्धन र प्रवद्र्धनका पक्षमा संघमा प्रभावकारी भूमिका बहन गर्दै आइरहेको छ । अतः नेपालको योगदान विशेष गरी शान्ति स्थापना कार्यमा उल्लेखनीय छ ।
यसरी अल्पविकसित तथा भूपरिवेष्ठित राष्ट्रका पक्षमा सक्रिय तथा नेतृत्वदायी भूमिका वहन तथा संघका विभिन्न मञ्चहरूमा नेपालको प्रतिष्ठा बढाउने कार्यमा नेपालको भूमिका अन्तर्राष्ट्रिय समुदायबाट प्रशंसनीय छ । यस व्रmममा नेपालले महासभाको उपसभापति, आर्थिक तथा सामाजिक समितिको सदस्य, महासभाअन्तर्गतका विभिन्न समितिको सभाध्यक्ष, सन् १९६९/७० तथा १९८८/८९ मा सुरक्षा परिषद्को सदस्य तथा अन्य विभिन्न समिति तथा मञ्चहरूमा प्रभावकारी रूपमा नेतृत्वदायी भूमिका बहन गर्दै आइरहेको छ ।
हाल नेपाल महासभाको उपाध्यक्ष र लगातार तीन वर्षदेखि जनरल कमिटीको सदस्य रहँदै आएको छ, जुन नेपालको सक्रिय भूमिका एवम् त्यसप्रति अन्तर्राष्ट्रिय समुदायको पहिचानको द्योतक हो । यसर्थ संयुक्त राष्ट्रसंघको सफलतामा मात्र विश्वमा शान्ति, विकास, मानव अधिकारको संरक्षण र संवद्र्धन, राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध, प्रगति, मानव समाज तथा सभ्यताको रक्षा र समृद्धि सम्भव छ ।
यसै परिप्रेक्ष्यमा विश्वव्यापीकरण युगको समकालीन विश्वले सामना गरेका समस्याको समाधान तथा चुनौतीहरूको सामना कुनै एक राष्ट्रको प्रयासमा मात्र सम्भव छैन, जसका लागि राष्ट्रहरूको सहकार्य अपरिहार्य छ । यसका लागि बहुपक्षीय कूटनीतिको केन्द्रका रूपमा संयुक्त राष्ट्रसंघ र यसको प्रभावकारी भूमिका रहेको छ । अपितु सुरुका ५१ सदस्यबाट १ सय ९३ राष्ट्रहरूको बृहत् परिवारका रूपमा बहुपक्षीय कूटनीतिको केन्द्र बन्न पुगेको संगठनले खेल्नुपर्ने भूमिका बदलिँदो विश्व परिवेशसँगै बहुआयामिक, गहन, जटिल तथा चुनौतीपूर्ण बन्न पुगेको छ, जसको सुझबुझपूर्ण निर्वाह तथा व्यवस्थापनमा नै यसको सफलताका मापदण्ड तोकिन सक्छन् ।
अन्त्यमा भन्नुपर्दा संयुक्त राष्ट्रसंघले यो लामो यात्रामा मानव समाजलाई तेस्रो विश्वयुद्धको विभीषिकाबाट बचाउनु तथा माथि उल्लिखित उपलब्धिहरूका बाबजुद यसको इतिहास र वर्तमान आलोचनामुक्त र भविष्य चुनौतिविहीन भने छैन । यसमा खासगरीकन शस्त्रीकरण, विभिन्न देश तथा क्षेत्रमा जारी जातीय द्वन्द्व तथा गृहयुद्ध, शरणार्थी समस्याको बढ्दो चुनौती, धनी र गरिब राष्ट्रहरूबीच तथा राष्ट्रहरूभित्रै विद्यमान आर्थिक असमानता, गरिबी तथा भोकमरी, वातावरणीय विनाश, जलवायु परिवर्तन, विभेदपूर्ण अन्तर्राष्ट्रिय आर्थिक संयन्त्रलगायतका चुनौतीहरूले दिगो विकासको प्रयासमा अवरोध तथा शान्ति–सुरक्षाको प्रतिकूल परिस्थिति निर्माण तथा मानव अधिकारको संवद्र्धन तथा संरक्षणमा बाधकका रूपमा काम गरिरहेका छन् ।
र, यी चुनौतीहरूको सफल सामना नै यसको प्रभावकारी भूमिकाको मानक हुनेछ । यसैगरी राष्ट्रसंघको कार्यगत सफलता/असफलताका पछाडि विश्वमञ्चमा प्रभावकारी तथा रणनीतिक महŒव राख्ने अमेरिका, रूस, बेलायत तथा चीनजस्ता देशहरूको सव्रिmयता तथा विश्व शान्ति र स्थायित्वका साझा सवालमा समान दृष्टिकोणको विकास तथा त्यसअनुसारको व्यवहार नदेखिनु विडम्बनापूर्ण छ ।
हाल विश्वका अति द्वन्द्वग्रस्त मुलुकहरूमा अफगानिस्तान, सिरियाको सवाल, उत्तर कोरियाको आणविक हतियारको विकास तथा मिसाइल परीक्षणको निरन्तरता र उत्तर कोरियालाई हेर्ने अमेरिका तथा रूस, चीन, भारत, पाकिस्तान आदि देशहरूका असमान दृष्टिकोण र बुझाइ अनि व्यवहार, इरानको आणविक कार्यव्रmम, अफगानिस्तान, इराक तथा युव्रmेनजस्ता राष्ट्रका समस्यालाई सम्बोधन गर्ने र दिगो शान्तिका विकल्पलाई सहजीकरणका यावत् विषयमा यस्ता सामरिक महŒवका राष्ट्रहरूको समान दृष्टिकोण बन्न नसक्नु विश्व शान्ति र स्थायित्वका लागि चुनौतीका रूपमा तेर्सिएको छ । यसका साथै राष्ट्रसंघको सफलता÷असफलताका कसीका रूपमा पनि यिनै उदाहरणहरू देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्