नेपालमा पहिलो पटक हार्ड रक क्याफे खुल्दै «

नेपालमा पहिलो पटक हार्ड रक क्याफे खुल्दै

नेपालमै पहिलो पटक दरबारमार्ग शेर्पा मलमा हार्ड रक क्याफे खुल्ने भएको छ ।
सांगीतिक क्षेत्रका प्रख्यात कलाकारहरुको निजी वस्त्र तथा सांगीतिक उपकरणहरुको संग्रहका साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्स्का साथ प्रस्तुती पनि पेश गर्ने भएको हो । भव्य मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालनमा आउने यस रेष्टुरेन्टले भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको छ, जहाँ बसेर दरबार मार्गको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिनेछ ।
क्याफेको मेनुको बर्गर सबैभन्दा मुख्य आकर्षण हो, जसको लागि हार्ड रक प्रसिद्ध छ । यी बर्गरहरुमा चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी अनियन रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड टमाटर भएको प्रख्यात बर्गर समेत छ, जसलाई हार्ड रकको मौलिक पहिचान बनेको स्टेक ससका साथ उपलब्ध गराइनेछ ।
यसैगरी मेनुमा ग्रील्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको क्लब–चिकेन, कालो सिमी र आयातित चेद्दार चीजको साथमा सलाद रहनेछ । मेनुमा संलग्न परिकारहरु मध्ये एक आकर्षण बेबी ब्याक पोर्क रिब्स् पनि हुनेछ, जुन खास गरेर हार्ड रक क्याफे काठमाडौंको लागि डेनमार्कबाट झिकाइएको छ ।

प्रतिक्रिया दिनुहोस्