मोरङ चेम्बर अफ कमर्शको अध्यक्षमा यादव पोखरेल «

मोरङ चेम्बर अफ कमर्शको अध्यक्षमा यादव पोखरेल

विराटनगर- उद्योगी व्यवसायीहरूको संस्था मोरङ चेम्बर अफ कमर्शको अध्यक्षमा विराटनगरका व्यवसायी यादव पोखरेल सर्वसम्मत चयन भएका छन् ।
मोरङ चेम्बर अफ कमर्शको विराटनगरमा भएको चौथो वार्षिक साधारणसभा र दोस्रो अधिवेशनबाट पोखरेल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष पोखरेलले यसअघि उपाध्यक्षको जिम्मेवारी बहन गरेका थिए । यादवसँगै उपाध्यक्षमा सुरेन्द्र गोल्छा र शिवप्रसाद रिजाल, महासचिवमा कृष्णप्रसाद दाहाल, कोषाध्यक्षमा मनोजकुमार मिश्र, सचिवमा हरिबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा देवेन्द्रबहादुर बस्नेत निर्वाचित भएका छन् ।
नवनिर्वाचित १५ कार्यसमितिका सदस्यहरूमा रमेश गिरी, सञ्जिव श्रेष्ठ, जुगलकिशोर राठी, भरत थापा, तुलसीप्रसाद पोखरेल, घनश्याम काबरा, दुर्गामणि रेग्मी र सागरराज जोशी छन् । नवनिर्वाचित कार्यसमितिलाई वरिष्ठ अधिवक्ता एवम् निर्वाचन आयुक्त सुरेशलाल श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।
नवनिर्वाचित कार्यसमितिलाई माउ संस्था नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले भिडियोबाट सहभागिता जनाउँदै शुभकामना दिए । यसअघि भएको कार्यक्रममा कोषाध्यक्ष मनोजकुमार मिश्रले संस्थाको आर्थिक वर्ष २०७७-०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गरे । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्ष रहने जनाइएको छ । २०७५ जेठ ३ गते मोरङ चेम्बर अफ कर्मशको गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्