Logo

आईएलओ अभिसन्धि नम्वर १९० पारीत गर्न माग


तीनवटा ट्रेड यूनियन महासंघहरुले आईएलओ अभिसन्धि नम्वर १९० पारीत गर्न सरकारसँग माग गरेका छन । हिंसामुक्त सभ्य समाजको निर्माण गर्न, शोषण र दमनमा आधारित श्रमको अन्त्यका लागि सो अभिसन्धि पारीत हुनु पर्ने ट्रेड यूनियनको भनाई छ । अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ, नेपाल आवद्द परीषद ९आईटीयूसीन्याक० द्धारा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै परीषदका संयोजक जगत सिंखडाले कार्यस्थललाई मर्यादित बनाउनका लागि पनि अभिसन्धि पारीत हुनु पर्ने बताए आईटीयूसी न्याकमा नेपाल ट्रेड यूनियन महासंघ ९जिफन्ट०, नेपाल ट्रेड यूनियन काँग्रेस तथा अखिल नेपाल ट्रेड यूनियन महासंघ ९अण्टुफ० सदस्य छन् ।
हिंसामुक्त कार्यस्थल हुनु पर्ने माग माग गदै संयोजक सिंखडाले हिंसा सहनुहुन्न, हुनुहुन्न भन्ने मान्यताका साथ नेपालका ट्रेड यूनियनहरुले काम गरिरहेको बताए ।
कोभिड संक्रमण कम भएपछि ट्रेड यूनियन महासंघहरुले सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा ठूला अभियानहरु सञ्चालन गन जनाएको छ । सो अवसरमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले नेपालले आईएलओ अभिसन्धि १९० पारीत नगर्नुपर्ने कुनै कारण नरहेको बताउदै नेपालका विद्यमान कानुनहरु नै अभिसन्धिले गरेका व्यवस्था भन्दा दरिलो रहेको भन्दै अभिसन्धि अविलम्व पारीत हुनु पर्ने बताए ।
आइएलओ अभिसन्धि १९० पारीत भएमा लैगिक भेदभाव, पक्षपातको अन्त्य हुने र समातामुलक श्रम क्षेत्र बन्ने ट्रेड यूनियन महासंघहरुको भनाई छ । यसैगरी समान कामको समान वेतन र कार्य विभाजनमा गरिने विभेदको अन्त्य, कलकारखाना भित्र सहकर्मीहरुबाट महिला श्रमिकमाथि गरिने यौन तथा दुरुत्साहनको अन्त्य हुने अपेक्षा यूनियनहरुको छ ।
व्यवस्थापन तथा विभागिय कर्मचारी तथा निरिक्षकहरुबाट गरिने दुव्र्यवहारको अन्त्य गर्न, कुनै पनि प्रकारको हिंसा तथा प्रताडना दिनु अपराध हो भन्ने चेतना जागरण गर्न पनि अभिसन्धि १९० पारीत गर्नुपर्ने ट्रेड यूनियन महासंघहरुको भनाई छ ।
महिला र पुरुष सहकर्मीबिच सद्भाव जगाई एक अर्काप्रति सम्मान जगाउन, हिंसा तथा दुराचार सहनशील गराउने परम्परा र गलत संस्कारको अन्त्य गराई नयाँ जागरण ल्याउन र संविधा, ऐन र कानुनले दिएको अधिकार समान रुपले उपयोग र उपभोगका लागि पनि सो अभिसन्धि नेपाल सरकारले पारीत गर्नुपर्ने ट्रेड यूनियन महासंघहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्