मृत्यु भएका श्रमिकको कारणबारे छानबिन भएन «

मृत्यु भएका श्रमिकको कारणबारे छानबिन भएन

कतारमा रोजगारीका सिलसिलामा असुरक्षित कार्य वातारणका कारण अकालमा मृत्यु भएका हजारौ विदेशी श्रमिकको बारेमा छानबिन नभएका भन्दै अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।
कतारमा रोग नै नभएका श्रमिक गर्मीमा अधिक काम गर्दा एक दशकमा हजारौं आप्रवासी श्रमिकको मृत्युको अनुसन्धान गर्न कतारी अधिकारीहरू असफल रहेको एम्नेस्टी इन्टरनेसनलले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । कतार मृत्यु भएका १५ हजार विदेशीमध्ये नेपालीको संख्या १५ हजार रहेको वैदेशिक रोजगार बोर्डको प्रतिवेदनमा उल्लेख छ । कतारले पर्याप्त अनुसन्धान नै नगरी यस्ता मृत्युहरू प्राकृतिक कारण वा हृदयघातको कारणले भएको जनाउँदै मृत्यु प्रमाणपत्र जारी गरिएको आरोप लगाइएको छ । एम्नेस्टीको नयाँ प्रतिवेदन ‘इन द प्राइम अफ दियर लाइभ्स’ले प्रस्तुत गरेको प्रतिवेदनमा शारिरीक रूपमा धेरै श्रम गर्नुपर्ने र तापक्रमका कारण श्रमिकको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
हालै कतारले श्रमिकका लागि केही नयाँ सुरक्षा नियम लागू गरेपनि बिना कारण मृत्यु हुनेु मुख्य जोखिम अझै विद्यमान रहेको जनाइएको छ । एम्नेस्टीले गर्मीसँग सम्बन्धित मृत्युको अनुसन्धान गर्न कतारले खासै प्रयास गरेका नगरेका कारण हजारौ मृत्युपनि परिवारले न्यााय नपाएको उल्लेख छ । प्रमुख चिकित्सा विशेषज्ञहरूसँग परामर्श र हजारौंको मृत्युसम्बन्धी सरकारी तथ्यांकको पुनरावलोकन गर्दै एम्नेस्टीले १८ वटा मृत्यु प्रमाणपत्रको विश्लेषण गरेर ३० देखि ४० वर्ष उमेरको बीचमा मृत्यु भएका ६ जना पुरुष श्रमिकको परिवारको गुनासोका बारेमा उल्लेख गरेको छ ।
“अत्यधिक गर्मीमा लामो समय काम गरेपछि तुलनात्मक रूपले जवान र स्वस्थ पुरुषहरूको अचानक मृत्यु हुँदा यसले कतारमा काम गर्ने अवस्थाको सुरक्षाबारे गम्भीर प्रश्नहरू खडा गरेको छ” अध्ययनमा उल्लेख छ, “आप्रवासी श्रमिकहरूको मृत्युको मुख्य कारण छानबिन गर्न असफल हुनु भनेको कतारी अधिकारीहरूले केही महत्वपूर्ण संकेतलाई बेवास्ता गरिरहेका छन् जसलाई सम्बोधन गरेको खण्डमा श्रमिकहरूको ज्यान जोगिन सक्दछ ।”
एम्नेस्टी इन्टरनेसनलका आर्थिक तथा सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले श्रमिकको बाँच्न पाउने अधिकारको उल्लंघन भएकाले पीडित परिवारहरूको कानूनी उपचारको अधिकारलाई पनि अस्वीकार गरिरहेको अवस्था रहेको बताए । एम्नेस्टीले सार्वजानिक गरेको प्रतिवेदनमा कतारमा विदेशी श्रमिकको मृत्युको कारण नखुलाइएको संख्या ७० प्रतिशत हुन सक्ने पाइएको छ ।
एम्नेस्टी इन्टरनेसनलले सन् २०१७ देखि २०२१ को बीचमा कतारले जारी गरेको आप्रवासी श्रमिकहरूका लागि १८ जनाको मृत्यु प्रमाणपत्रमध्ये १५ वटा मृत्युको मुख्य कारण नै नखुलाइएको उल्लेख छ । कतारमा मृत्यु भएकामध्ये कारण नखुलाइएकामा प्राकृतिक कारण कारणले गर्दा श्वासप्रश्वास सम्बन्धी विफलता भनेर उल्लेख गरिएको छ ।
चिकित्सकले सन् २०१५ देखि विश्व कप पूर्वाधार निर्माणका लागि असम्बन्धित भनी उल्लेख गरिएका ३५ मध्ये आधाभन्दा बढी मृत्युका प्रतिवेदन प्राकृतिक कारण उल्लेख गरिएको जनाएका छन् । विभिन्न स्रोतहरूबाट प्राप्त मृत्युको कारण खुलाउने गरिएको छैन । आधिकारिक कतारी तथ्यांकले देखाए अनुसार सन् २०१० देखि सन् २०१९ को बीचमा सबै उमेर र पेशा समूहका १५ हजार २१ भन्दा बढी गैर–कतारीहरूको मृत्यु भएको छ । यसमध्ये मृत्यु हुने नेपालीको संख्या १ हजार ५ सय भन्दा बढी रहेको वैदेशिक रोजगार बोर्डले सार्वजानिक गरेको तथ्यांकमा उल्लेख छ । यसैगरी कार्यस्थलमा बिरामी तथा अंगभंग हुने नेपाली श्रमिकको संख्या ५ सयको हराहारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्