Logo

अघोषित लोडसेडिङको मारमा सर्लाहीवासी

सर्लाही – देश विद्युत उत्पादनमा आत्मनिर्भर भनी पनि सर्लाहीमा अघोषित लोडसेडिङका कारण आम नागरिकहरु हैरान भएका छन । बिना सूचना छिनछिनमा बत्ती जाने, बत्ती आए लगत्तै केही बेरमै झ्याप झ्याप फेरि कटने, कहिले घण्टौं बती नआउने र विद्युत आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज हुँदा स्थानियवासी हैरान भएका छन् ।
लोडसेडिङ मुक्त जिल्ला सर्लाहीमा यसरी गरिने अघोषित लोडसेडिङले गर्दा उद्योगी, व्यवसायी, कुटिर उद्योगी, सञ्चार संस्था, शैक्षिक संस्था, आम सर्वसाधारण, एफएम रेडिया र अनलाइन पढ्ने विद्यार्थीहरु सबैभन्दा बढी मारमा परेका छन ।
विद्युतको अनियमितताका कारण जिल्लामा सञ्चालित साना तथा घरेलु उद्योगहरु समेत प्रभावित हुनुको साथै तरकारी, मासु, दूध व्यापारी तथा कृषकहरुको दैनिक लाखौ रुपैया सडेर क्षति हुने गरेको छ ।

कोरोना महामारीका कारण आक्रान्त बनेका तराई मधेसमा अहिले कडा खालको चर्को घाम र गर्मीका कारण जनजिवन थप कष्ठकर बन्दै गएको छ । तराई मधेसमा सावन भर्दाैको महिनाको छाला पोल्ने चर्काे घाम र गर्मीको मार खेपिरहेका आम नागरिकहरु अनियमित विद्युत अवरुद्ध र न्यून भोल्टेजको समस्याले थप आतंकित बनाएको छ ।

देशमा खपतभन्दा बढी विद्युत उत्पादन भएको सरकारले दाबी गरेपनि सर्लाहीमा अघोषित लोडसेडिंगको कारण आम उपभोक्ता मारमा रहेको स्थानियवासी महिन्द्र यादव ले बताए । विद्य्ुत समय परिस्थिति र वातावरण अनुकुल काटिनु पर्ने भएपनि यहाँ मनपरी ढंगले जथाभावि विद्युत काटिने गरेको छ । चर्को गर्मी मौसममा विद्युत् काटिने र न्यून भोल्टेज हुँदा पंखा नचल्ने भएपछि घरभित्र बस्नै नसक्ने अवस्था आउने गरेको बताए ।

लकडाउनका कारण आक्रान्त बनेका आम नागरिकहरु जथाभावि विद्युत काटने र न्यून भोल्टेजका कारण स्थानिय स्तरमा रहेको प्रायः सबै धान, गहुँ र चिउरा कुटने कारखाना समेत बन्द हुने स्थितिमा पुगेको चन्दन राईस मिलका संचालक राजकुमार पासवान ले बताए । उद्योग बन्द हुदाँ आफनो परिवारको जिवकोपार्जन समेत समस्या हुनुको साथै स्थानिय स्तरमा समेत भोकमरी बढेको गुनासो गरे ।
अनियन्त्रित विद्युत् कटौती र न्यून भोल्टेजले उद्योग कलकारखाना सञ्चालन नै हुन नसक्ने अवस्था आएको व्यवसायीहरूले गुनासो गरेका छन्। छिनछिनमा बत्ति कटने र विद्युत आएको समयमा पनि न्यून भोल्टेज हुदाँ उद्योगको उत्पादन नै प्रभावित भएको भवानी समिल सर्लाहीका म्यानेजर सुरेश साहले बताए । अत्यन्त न्यून भोल्टेज हुँदा विद्युत् भएको समयमा समेत जेनेरेटर चलाएर काम गर्नुपर्नेे बाध्यता रहेका छन ।
डिजेल समेत महँगो भएका कारण जेनेटरले उद्योग संचालन गर्दा लागत खर्च बढने र लकडाउनका कारण उत्पादनले समेत बजार नपाउने गरेका कारण उद्योग नै बन्द गर्ने स्थितिमा पुगेको गुनासो गरे ।

एक लाख भन्दा बढी उपभोक्ता रहेको सर्लाहीमा विद्युत व्यवस्थापनका लागि मंलगवा, लालबन्दी र बरहथवा गरी तिनवटा वितरण केन्द्र रहेको नेपाल विद्युत प्राधिकरण शाखा मंलगवाका उपप्रबन्धक विनोदकुमार यादवले बताए ।
जिल्लाका तीनवटा सव स्टेसनले ३३ केभीबाट लिएको करेन्ट पाँच सय एम्पियरसम्म पुग्ने गरेको छ। तर सर्लाहीमा विस्तार भएको तारको क्षमता ४३० एम्पियर मात्रै छ । यसरी तारको क्षमताभन्दा बढी करेन्ट प्रवाह हुँदा तारको कनेक्सन छुट्ने समस्या बारम्बार दोहोरिने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्