प्रमद्वारा ‘ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतन भवन उद्घाटन «

प्रमद्वारा ‘ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतन भवन उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बागडोलस्थित ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको शनिबार उद्घाटन गरेका छन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितिमा सो भवन उद्घाटन गरिएको हो ।
ज्येष्ठ नागरिकका लागि यो भवन एक नमुना वृद्घाश्रमको रुपमा रहेको छ र उनीहरूको उचित हेरचाहका लागि आधुनिक, अपांगमैत्री संरचनाको सुविधा छ । यस भवनमा ११० वटा बेडका साथै स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र अन्य उपकरणहरु रहेका छन् । भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अनुरुप यस भवनको निर्माण भारत सरकारको पाँच ५ करोड आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्