गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने «

गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने बताइन् ।
बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीहरूसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी आफूले तयारी अगाडि बढाएको बताइन् । विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महसुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘गरिबीको रेखामुनि भएका आधारभुत जनता, उनीहरूलाई कही राहत दिनुपर्छ भनेर निशुल्क विद्युत दिने गरेर एउटा तयारी मैले गरिरहेको छु । करिब करिब हामी त्यसको निर्षर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यद्वारा त्यसको तयारी गरेको छु मैले ।’
ऊर्जामन्त्री भुसालले सबै कृषियोग्य भुमिमा सिँचाइ पु-याउनको निम्ति पनि आफू क्रियाशील रहने बताइन् । सिँचाइको निःशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उहाँले बताइन् । सिँचाइको सुविधा पु¥याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना रहेको उहाँले उल्लेख गरिन् । उनले भनिन्, ‘सबै कृषि योग्य जमिनमा सिँचाइ पु¥याउने । सिँचाइलाई पनि हामीले आधारभुत र निःशुल्क ढंगले सेवा दिन सक्यो भने विदेशी तेलको खपत गरेर पम्प, मोटर चलाएर सिँचाइ गर्ने व्यवस्थालाई हामीले अन्त्य गर्न सक्यो भने त्यसले राष्ट्रिय अर्थतन्त्रमा उत्पादकत्व बढाउने कुरा र पेट्रोलियम पद्धार्थमा विस्थापित गर्ने कुरा सँगसँगै कृषिप्रति युवा जनशक्तिको आकर्षण हुन्छ भन्ने मान्यता हो ।’
उनले सातै प्रदेशका नदीबाट विद्युत् उत्पादनका अध्ययन गरिरहेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्