आजबाट अर्घाखाँची महोत्सव सुरु «

आजबाट अर्घाखाँची महोत्सव सुरु

अर्घाखाँची महोत्सव आज (शुक्रबार)बाट सुरु भएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सुरु भएको चौथो अर्घाखाँची महोत्सवको उद्घाटन गर्न उपराष्ट्रपति नन्दबहादुर किशोर पुन पासाङले ११ बजे महोत्सवको उद्घाटन गर्नेे आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले पिंग, डुंगा, ब्रेक डान्सलगायत बालबालिकाको मनोरञ्जनका सामग्रीहरू जडान गरिएको छ । मेलालाई रोचक र आकर्षक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि छ । आयोजकले जिल्लामा रहेका धार्मिक, पर्यटकीय, कृषि, पशुजन्य सामग्रीहरूको प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठले बताए ।
अर्घाखाँचीमा आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने उद्देश्यले अर्घाखाँची महोत्सव हुँदैछ । अर्घाखाँची जिल्लालाई व्यावसायिक पर्यटकीय हिसाबले देश–विदेशमा चिनाउन जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरूको प्रबद्र्धन गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको हो ।
अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा पुस २७ गतेदेखि माघ ८ गतेसम्म सन्धिखर्कको कुडुलेफाँटमा कृषि, उद्योग, व्यापार, पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको हो । महोत्सव अवलोकनका लागि जिल्ला तथा जिल्ला बाहिर पाल्पा, गुल्मी, प्युठान, कपिलवस्तु लगायतका जिल्लाहरूबाट दर्शकहरू आउने आयोकले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्