Logo

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ सञ्चालक समिति चयन

प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ सञ्चालक समिति चयन भएको छ ।
नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भएपछिको यो पहिलो सञ्चालक समिति हो । यही सञ्चालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजाने छ । नर्भिकको नवनियुक्त सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह रहेका छन् । उनी यसअघि नर्भिकको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए ।
प्रबन्ध सञ्चालकको रुपमा मेघा चौधरी चयन भएकी छिन् भने सञ्चालकहरुमा भूवनचन्द भट्ट, मनिषकुमार खेम्का र बिएलसी होल्डिङ्सबाट प्रतिनिधित्व गर्दै गजेन्द्र श्रेष्ठ चयन भएका छन् । स्वतन्त्र सञ्चालकको रुपमा हरिहर शर्मा र नारायण बजाज चयन भएका छन् भने कम्पनी सचिवमा सलुजा श्रेष्ठ नियुक्त भएकी छिन् । सञ्चालक समितिमा आमन्त्रितको रुपमा ५ जना नियुक्त गरिएको कम्पनी सचिव श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार नर्भिकको सञ्चालक समितिमा संरक्षक तथा रणनीतिक सल्लाहकारको रुपमा बसन्तकुमार चौधरी रहेका छन् भने सल्लाहकारहरुमा डा. मधु घिमिरे, डा. पंकज जलान, एमडी अग्रवाल रहेका छन् । सञ्चालक समितिमा आमन्त्रितको रुपमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्